0
निजगढसमाचार, निजगढ, १८ मंसिर ।

बाराको निजगढ–८ शहीद चोक स्थित अवतार बचत तथा ऋण सहकारी संस्थाको छैठौं वार्षिक साधारण सभाले अजय लामाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उद्योग वाणिज्य संघ निजगढको शभा हलमा भएको साधारण सभाले लामाको अध्यक्षतामा सर्वसम्मत ११ सदस्यिय कार्यसमिति चयन गरेको हो । साधारण सभाले संस्थाको उपाध्यक्षमा हरिबोल अधिकारी, सचिवमा श्रीहरी न्यौपाने, कोषाध्यक्षमा हिरालक्ष्मी लामा चयन गरेको छ । त्यस्तै सदस्यहरुमा एनी लामा, हिरामाया लामा, अमरलाल सिङ्गतान, जगत कुमार अधिकारी, गणेश बहादुर कार्की, मोहन डिसी मगर र उर्मिला लामालाई चयन गरेको हो । त्यसैगरि कृष्ण पण्डितको संयोजकत्वमा तीन सदस्यि लेखा समिति समेत सर्वसम्मत चयन गरेको छ । समितिको सदस्यमा राजेन्द्र लामा र यशोदा कुमारी पन्त रहेका निर्वाचन अधिकृत अम्बिका प्रसाद चौलागाईले जानकारी दिए ।
यस अघि साधारण सभाको उद्घाट बारा जिल्ला बचत तथा ऋण सहकारी संघकी कोषाध्यक्ष अनिता लम्साल अधिकारीले गरेकी थिईन् । कार्यक्रममा निजगढ नगरपालिकाका सुचना अधिकारी नविन खनाल, लोकप्रिय साकोसका अध्यक्ष अम्बिका चौलागाई, गौरीशंकर उमावि निजगढ–८ का प्रधानाध्यापक सुदर्शन कोईराला, सगरमाथा साकोसका बोझ प्रसाद चौलागाई, महिला साकोसकी अध्यक्ष लिला खनाल, नवतार साकोसका अध्यक्ष शुसिल मैनाली, हिमचुली सकोसकी दुर्गा कोईराला, उद्योग वाणिज्य संघ निजगढ शाखाका अध्यक्ष टेकबहादु लामा, सुप्रिम बैंक निजगढ शाखाका प्रवन्धक मिठाराम दाहाल, कुमारी बंंैक निजगढ शाखाका प्रवन्धक युवराज दाहाल, सुनखरी साकोस रतनपुरका अध्यक्ष सागर दाहाल, लायन्स क्लब अफ निजगढ पीसका अध्यक्ष विकास लामा लगायतको उपस्थिति रहेको कार्यक्रममा स्वागत जानुका न्यौपानेको थियो ।
कार्यक्रमा स्व. विष्णु बहादुर लामा समाजसेवी सम्मान गौरीशंकर उमावि निजगढ–८, उत्कृष्ण बचतकर्ता काल बहादुर घिसिङ्ग, हेमलाल गौतम, उत्कृष्ठ ऋण कारोबार कबिर धामि र मेनकुमारी सुवेदीलाई सम्मान गरिएको छ । त्यस्तै जेष्ठ नागरिक बचत सम्मान गणेशबहादुर श्रेष्ठलाई प्रदान गरिएको छ । त्यस्तै उत्कृष्ठ महिला बचत सम्मान भिमकुमारी सन्यासी, उत्कृष्ठ बाल बचत सम्मान साहिल धामी सम्मान गरेको संस्थाले आफ्नो पूर्व बजार प्रतिनिधि निर्मला गौतमलाई पनि सम्मान गरेको थियो । संस्थाले निजगढ–११ रतनपुरस्थित नेपाल राष्ट्रिय उमाविका विद्यार्थीका लागि खेलकुद सामाग्री वितरण गरेको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष अजय लामाले प्रस्तुत गरेको आ.ब. २०७२÷०७३ को बार्षिक प्रतिवेदन र आगामी कार्ययोजना सर्वसम्मत रुपले स्वीकृत गरेको छ ।

Post a Comment

 
Top