0
 निजगढसमाचार, निजगढ, १६ मंसिर ।

बारामा प्रस्तावित निजगढ–काठमाण्डौं दु्रतमार्र्ग (फास्टट्रयाक) र दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल निर्माण कार्यमा भईरहेका ढिलासुस्तीको विषयमा सरकारलाई ध्यानाकर्ष गराउने उद्देश्यले थालिएको आन्दोलनका कार्यक्रम प्रति नेकपा माओवादी केन्द्र निजगढ नगर कमिटिले एक्यवद्धता जनाएको छ ।
     फास्ट ट्रयाक एयरपोर्ट संघर्ष समितिले ६ महिने विभिनन आन्दोलनका कार्यक्रम सार्वजनिक गरेर भोली देखि निजगढ–काठमाण्डौं पैदल यात्रा गर्दैछ ।
    पार्टीका नगर संयोजक बेनीबहादुर मोक्तानले आज एक प्रेस विज्ञप्ती जारी गर्दै आन्दोलनको आवश्यकत भएको भन्दै जनसहभागितामा हुने आन्दोलनमा पार्टीको सहभागि हुने समेत जनाएको छ ।
   आन्दोलनप्रति यस अघि नेकपा माले निजगढ नगर कमिटि, राष्ट्रिय मधेस समाजवादी पार्टी निजगढ नगर कमिटि सहित अन्र्तपार्टी महिला सञ्जाल, नेपाल तरुण दलले पनि एक्यवद्धता जनाएको छ । त्यस्तै बीरगंज उद्योग वाणिज्य संघ, रौतहट उद्योग वाणिज्य संघ, होटल ब्यवसायी संघ बारा,पर्सा र सलार्ही त्यस्तै नारायणी यातायात ब्यवसायि संघ हेटौंडा, उद्योग वाणिज्य संघद्ध निजगढ, सिमराले आन्दोलन प्रति एक्यवद्धता जनाईसकेका छन् ।

Post a Comment

 
Top