0
निजगढसमाचार, कलैया, २० कात्तिक । 
कलैया–६ स्थित एक कपास उद्योगमा आज बिहान  विद्युत् चुहावट भएर आगलागी भएको छ ।
 बबनयआगलागीबाट करिब रु २५ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताए ।
  कलैया–१ का इन्द्रजीत यादवको उक्त कपास उद्योगमा लागेको आगो कलैया, वीरगन्जका वारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयबासिन्दाको सहयोगमा नियन्त्रणमा लिइएको बताइएको छ ।
   यसैगरी बाराको खोववा गाविसको नमाकार्टेल बस्ने बच्चु पण्डितको घरमा गएराति आगलागी हुँदा करिब एक लाखको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट नगद ३५ हजार, खाद्यान्न, लत्ताकपडा नष्ट भएको बताइएको छ ।
  यस अघि गढीमाई–१६ पीलुवाका गोविन्द पराजुली र निजगढ–६ सडक टोलका नारद कुमार तिमल्सिनाको घरमा पनि आगो लाग्दा लाखौंको क्षति भएको थियो ।


Post a Comment

 
Top