0


निजगढसमाचार, काठमाण्डौं,
रामकृष्ण घिमिरे/तीन दिने नेपाल भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जीको बिरोधमा निस्कदा पक्राउ परेकी अ भ्रष्टाचार बिरोधि अभियन्ता सारदा भुषाल अझैं प्रहरी हिरासनमा छिन् ।
उनलाई हिजो मध्यान्ह १२ बजे तिर माइतीघर मण्डलाबाट प्रहरीले पक्राउ गरेको थियो । मुखर्जिको बिरोधमा उनले आफ्नो शरीरमा पुरै कालो लुगा लगाएर सडकमा निस्केकी थिइन् ।
पक्राउ पछि उनलाई महानगरीय प्रहरी प्रभागा कमलपोखरिमा राखिएको छ । आफुले नाकाबन्दीको पीडा भुल्न नसकेर बिरोधमा निस्कदा राज्यले दमन गरेको भुषालको भनाई छ ।
उनले नागरिकको स्वतन्त्रतापूर्वक बिरोध गर्न पाउने नैसर्गिक अधिकारको समेत राज्यले खिल्ली उडाउको वताइन। आफुलाई पक्राउ पछि कसैसँग पनि भेट्न नदिएको भन्दै मानवअधिकार प्रती राज्य गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

Post a Comment

 
Top