0
निजगढसमाचार, काठमाण्डौं,
रामकृष्ण घिमिरे/तीन दिने नेपाल भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जीको बिरोधमा निस्केको भन्दै भ्रष्टाचार बिरोधि अभियन्ता सारदा भुषाललाई प्रहरीले पक्राउ गरेको छ।
उनलाई मध्यान्ह १२ बजे तिर माइतीघर मण्डलाबाट पक्राउ गरेको हो। मुखर्जिको बिरोधमा उनले आफ्नो शरीरमा पुरै कालो लुगा लगाएर सडकमा निस्केकी थिइन् ।
पक्राउ पछि उनलाई महानगरीय प्रहरी प्रभागा कमलपोखरिमा राखिउको छ । आफुले नाकाबन्दीको पीडा भुल्न नसकेर बिरोधमा निस्कदा राज्यले दमन गरेको भुषालको भनाई छ ।
उनले नागरिकको स्वतन्त्रतापूर्वक बिरोध गर्न पाउने नैसर्गिक अधिकारको समेत राज्यले खिल्ली उडाउको वताइन। आफुलाई पक्राउ पछि कसैसँग पनि भेट्न नदिएको भन्दै मानवअधिकार प्रती राज्य गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

Post a Comment

 
Top