0
निजगढसमचार, निजगढ, १९ कार्तिक ।
 भद्रकाली सशस्त्र प्रहरी गण पिलुवा बाराका गण प्रमुख भेष बहादुर शाहले सखुवाघाट स्थित निर्माणाधीन पशुपति नाथ सन्तानेश्वर महादेवको मन्दिर निरीक्षण गरेका छन् । 
       जन जागृति पूर्व विद्यार्थी समाजको बृहत् देउसी भैलो कार्यक्रमले आफूलाई आकर्षित गरेको भन्दै गण प्रमुख शाहले आफू निर्माणाधीन मन्दिर निरीक्षण गर्न आएको बताए । उनले सशस्त्र प्रहरीले स्थानीय जनताको आस्था जगेर्ना गर्न सहयोग गर्न पाउँदा निकै खुसी भएको बताए । उनलाई धार्मिक र अध्यात्म वादी चिन्तन भएको एसपी मानिन्छ । उनले २ महिना भित्र मन्दिर निर्माण कार्य सम्पन्न गरी शिव रात्रिमा उदघाटन गर्न तिर लाग्न अनुरोध गरे ।
निरीक्षण कार्यक्रममा समाजका सल्लाहकार पुष्प राज थापा, अध्यक्ष अशोक कुँवर "नेत्र" लगायत स्थानीय बासीको समेत सहभागिता रहेको थियो ।
   समाजका अध्यक्ष कुँवरले केही दिनमा नै मन्दिर निर्माण समिति गठन गरी सशस्त्र प्रहरी र स्थानीय जनता सहित सहभागी भएर द्रुततर गतिमा मन्दिर निर्माण कार्य सुरु गरिने बताए ।

Post a Comment

 
Top