0


निजगढसमाचार, निजगढ, ११ पौष ।
बाराको निजगगढमा प्रि–होली कन्सर्ट–३ आउँदो फागुन १४ गते शनिबार हुने भएको छ ।
होली पर्वको पूर्वसन्ध्यामा निजगढमा युथ अफ निजगढले आयोजना गर्दै सांगेतिक कार्यक्रम आउँदो फागुन १४ गते गर्न लागेको हो ।
क्लबका अध्यक्ष राजन श्रेष्ठले निजगढसमाचारलाई दिएको जानकारी अनुसार क्लबले आयोजना गर्ने कन्सर्टको तयारी सुरु भईसकेको छ ।
‘हामीले अहिले कलाकार छनौंट देखि आर्थिक ब्यवस्थापका विषयमा काम अघि बढाईसकेका छौं’, क्लबका अध्यक्ष श्रेष्ठले भने–कार्यक्रमलाई मर्यादित एवं भब्य बनाउने हामीले उद्देश्य लिएका छौं  ।
क्लबले आयोजना गर्ने यस पटकको कार्यक्रममा चर्चित गायक शिव परियार ल्याउने तयारी भईरहेको क्लबका रबि सापकोटाले जानकारी दिए । ‘हामीले चर्चित गायक सहित हास्य कलाकारलाई पनि स्टेजमा उतार्ने योजना बनाएका छौं, सापकोटाले भने–त्यसका लागि आवश्यक पहल सुरु भईसकेको छ ।
क्लबले स्थानीय कलाकारलाई पनि कार्यक्रम स्थान दिने जनाएको छ । क्लबले कार्यक्रम मार्फत कलासंस्कृती जगर्नेमा योगदान पुग्ने र स्थानीय प्रतिभालाई अवसर जुट्ने विश्वास ब्यक्त गरेको छ ।
कार्यक्रमको प्रयोजक, सहप्रायोजकको विषयमा अन्तिम छलफल भईरहेको भन्दै निजगढसमाचारलाई मिडिया पार्टनरको रुपमा छनौंट गरिसकेको क्लबले जनाएको छ । क्लबले कार्यक्रम सफल पार्न सबैसंग आह्वान गरेको छ ।

Post a Comment

 
Top