0
निजगढसमाचार, निजगढ, १० माघ ।
राष्ट्रिय वाणिज्य बैंक निजगढ शाखाले बैंकको ५२ औं वार्षिकोत्सवको अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको छ ।
बैंकले निजगढ–४ कछडियाटोलस्थित नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालयका ५२ जना छात्र÷छात्रालाई कापी, कलम वितरण गरेको हो ।
कार्यक्रममा बैंका खिलराज भट्टराई, उप–प्रवन्धक कैलाश तिमल्सिनाले शैक्षिक सामाग्री वितरण गरेका थिए ।
कार्यक्रममा बैंकका कर्जा ईन्चार्ज शुशिल घिमिरे, क्यासियर निरज भट्टराई, रेडियो मध्यराईका भाईकाजी श्रेष्ठ, हरी अधिकारी, निजगढसमाचार कार्यकारी सम्पादक महेश्वर अधिकारी लगायत सहभागि रहेको कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक मोहन प्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण मनोज कुमार सिंहले गरेका थिए ।

Post a Comment

 
Top