0
निजगढसमाचार, निजगढ, ११ माघ ।
बकैया खोला ब्यक्तिको नाममा दर्ता भएको बारेमा निजगढ–४ स्थित बाघभैरव सामुायिक वन उपभोक्ता समुहका उपाध्यक्षले अनविज्ञता जनाएका छन् ।
वन समुहका उपाध्यक्ष रामकृष्ण सिग्देलले वन समुहको नाममा विद्युत दर्ता गर्ने विषयमा छलफल भए पनि गैर उपभोक्ताको नाममा कम्पनी दर्ता भएको आफुलाई थाहाँ नभएको बताएका छन् ।
निजगढसमाचारसंग कुरा गर्दै उपाध्यक्ष सिग्देलले उपभोक्तालाई गुम्रामा पारेर समुह अध्यक्षले समुहको रकम खर्च गरेर कम्पनी दर्ता गरेको बारे आफुले मिडियामार्फत मात्रै थाहाँ पाएको बताए ।
समुहले ७ वर्षको विचमा एक पटक पनि साधारण सभा गर्न नसकेको बताउँदै उपाध्यक्ष सिग्देलले अध्यक्ष सुदर्शन लामिछानेले एकलौटी हिसाबले अघि बढ्दै समुहको लाखौं रुपैँया गैरउपभोक्तमा नामबाट खर्च भएको सुनाए ।
समुहको हालै कार्ययोजना बन्दै गरेको भन्दै उपाध्यक्ष सिग्देलले विद्युत निकाल्ने बारेमा विधानमा कुनै कुरा उल्लेख नभएको समेत बताए ।
बकैया हाइड्रोपावर कम्पनी लिमिटेडको नाममा दर्ता भएको कागजपत्र निजगढसमाचारलाई प्राप्त भएको छ ।
दर्ता कागजात अनुसार कम्पनीमा पूर्व युवा तथा खेलकुद मन्त्री एवं नेकपा एमालेका बारा क्षेत्र नं. ६ का सांसद पुरुषोत्तम पौडेलको नाममा २७ हजार ५ सय कित्ता सेयर रहेको खुल्न आएको छ । कम्पनीमा निजगढ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष यमबहादुर खड्का (नारायण खड्का)को १२ हजार ५ सय, काठमाण्डौंका ब्यापारी चन्द प्रसाद खतिवडाको एक लाख कित्ता, कम्पनीको अध्यक्ष रहेका सुदर्शन लामिछानेको एक लाख १० हजार कित्ता सेयर रहेको छ ।
कम्पनीका अध्यक्ष बाहेक अन्य सेयर सदस्य वन समुहका गैर उपभोक्ता हुन् । वन समुहको करिब १२ लाख खर्चेर प्राइभेट कम्पनी दर्ता गरिएको बारे उपभोक्ताहरु आक्रोसित भएका छन् ।
२०६७ भदौं २२ गते कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको कम्पनीको कार्यालय काठमाण्डौंको बानेश्वरमा रहेको उल्लेख छ ।

Post a Comment

 
Top