0


निजगढसमाचार, निजगढ, ११ माघ ।
के तपाई बारामा प्रस्तावित निजगढ–काठमाण्डौं दु्रत मार्ग र दोस्रो अन्र्तराष्ट्रिय विमान स्थल निर्माणका आफ्नो योगदान दिन चाहानु हुन्छ ? यदि चाहानु हुन्छ भने तपाईलाई सुवर्ण अवसर छ । यहि माघ २२ गते देखि सुरु हुने रिले अनशनमामा तपाई पनि एक दिन बस्न सक्नु हुन्छ ।
अनशनकारीलाई प्रमाण–पत्र पनि प्रदान गर्ने योजना संघर्ष समितिको छ । राष्ट्रिय गौरबको आयोजना निर्माणको लागि गर्न लागिएको एतिहासिक रिले अनशमा बसेर ईतिहास रच्न सकिने छ ।
यस अघि सरकारलाई दबाब दिन ६१ जनाले निजगढ–काठमाण्डौं पैदल यात्रा गरेर ईतिहास रचेका थिए ।
निजगढ–काठमाण्डौं पैदल यात्रा गराएको फास्ट ट्रयाक एयरपोर्ट निर्माण संघर्ष समितिले रिले अनशनको लागि आह्वान गरेको छ ।
संघर्ष समितिले घोषणा गरेको ६ महिने आन्दोलनका कार्यक्रम 
अन्र्तगत गर्न लागेको एक सय दिने अनशन कार्यक्रमको तयारी सुरु भएको छ । संघर्ष समितिको निजगढ नगरपालिका सभा हलमा सम्पन्न चौथो पूर्ण बैठकपछि समितिले यस्तो आह्वान गरेको हो । बैठकपछि संघर्ष समितिका संयोजक रबिराज दंगालले सार्वजनिक रुपमा आह्वान गर्दै १० जनाको समुह, संघ÷संस्था वा ब्यक्तिले सम्पर्क गर्न सकिने जनाएका छन् । 
उनका अनुसार गढिमाई नगरपालिका क्षेत्रबाट–केदार बजगाई ः ९८५५०२९६१३, माधव मैनाली ः ९८४५५७३६७८, अमलेखगन्ज क्षेत्रबाट–कृष्ण सिंह ठकुरीः९८४५१०४१०१, कोहल्बी क्षेत्रबाट–श्रावण मैनालीः ९८५१०९०२३१, रतनपुर क्षेत्रबाट–धन बहादुर खुलालः ९८४५३८९४९०,  कृष्ण धमलाः९८२१२१४९१३, विकास लामाः९८४५३१००२०, लाल क्षेत्रबाट–कुमार लामाः९८५५८७४२७,उदयराज अधिकारी ः९८६०८६८५०३, सिगौंल क्षेत्रबाट–श्याम श्रेष्ठः९८५५०२५०१३, दिपक खड्काः९८४५२२२६१३, बागदेव क्षेत्रबाट– सुनिल सपकोटाः ९८०९१४४५६७, रुष्तम चौलागाई ः९८४५२८४९२१, औतारटोल देखि सहिद चोक,बजार क्षेत्रबाट– बिदुर खडकाः९८४५६१५११८, माला लामाः९८५५०४४५९९, हरि न्यौपानेः९८५५०४४६८४, भमरा लच्का क्षेत्रबाट–सुमन लामाः९८४५४९७०८१,ठाडोलाईन क्षेत्रबाट–खड्गराज मैनालीः९८५५०२११६७, गुणराज उप्रेतीः९८४५८९२६७७, योजना टोल क्षेत्रबाट– गोविन्द तिमल्सिना ः९८४५२९७६१३, पशुराम भन्डारीः ९८६१५५२६२१, खयरघारी क्षेत्रबाट–शालिकराम ढुंगानाः ९८०८६०९४४५, धियालटोल क्षेत्रबाट–धनामाया लामाः ९८४५१३०१७० लाई सम्पर्क गर्न उनले आह्वान गरेका छन् ।
त्यसैगरि संघर्ष समितिका संयोजक रबिराज दंगालको ९८५५०६८४३३, निजगढसमाचाको ०५३–५४०४०१, सामुदायिक रेडियो मध्य तराई ९४.४ मेगाहर्जको ०५३–५४०४९३ मा पनि सम्पर्क गरेर नाम टिपाउन सकिने बताईएको छ । 
अनशन फास्ट ट्रयाक प्रवेशद्धारमा बस्ने ब्यवस्था मिलाईदै छ । त्यसका लागि चिसोबाट जोगिने र राती समेत बस्न मिल्ले सोलार विद्युत र सञ्चारकर्मीले समाचार सम्प्रेशण गर्न सहज गर्ने उद्देश्यले फ्रि वाईफाईको ब्यवस्था मिलाईने भएको छ ।

Post a Comment

 
Top