0
निजगढसमाचार, निजगढ, २४ माघ ।

फास्ट ट्रयाक र एयरपोर्ट बनाउन दबाब दिन आयोजित रिले अनशन तेस्रो दिन पनि जारी छ । तेस्रो दिनको रात्री सिफ्ट सम्म ५५ जनाले अनशन बसिसकेका छन् ।
फास्ट ट्रयाक, एयरपोर्ट निर्माण मुल संघर्ष समितिको आयोजनामा माघ २२ देखि सुरु भएको अनशन दुई सिफ्टमा संचालन भईरहेको छ ।
अनशनमा बस्न विभिन्न संघ/संस्था र ब्यक्तिहरुले नाम लेखाउने क्रम अझैं रोकिएको छैन्  । एक सय दिन सम्म चल्ने अनशन बस्न फास्ट ट्रयाक प्रवेशद्धारमा मञ्च बनाईएको छ । प्रत्येक सिफ्टमा १० जनाका दरले अनशन बस्ने गरिएको फास्ट ट्रयाक, एयरपोर्ट निर्माण मुल संघर्ष समितिका संयोजक रविराज दंगालले बताए ।
अनशनको तेस्रो दिनको रात्री सिफ्टमा पैदल यात्री पर्शुराम भण्डारीको नेतृत्वमा निजगढ–७ का स्थानीय साँझ ७ बजेदेखि आज विहान ७ बजेसम्मलाई अनशन बसिरहेका छन् । अनशनमा गोविन्द तिमल्सिना, बम बहादुर दलार्मी, रेन्जेन लामा, तुल बहादुर राना, सोमबहादुर जिम्बा, पापल थापा, धनराज खुलाल, रुद्र बहादुर दलार्मी र निर्मल कुमार दलार्मी छन् । त्यस अघि तेस्रो दिनको दिवा सत्रमा जन जागरण रतनपुरी कृषक समुहका बिकाश लामाको नेतृत्वमा विहान ७ बजे देखि साँझ ७ बजेसम्म अनशन बसिएको थियो । रतनपुरका चमेली माया तितुङ्ग, सुनमाया तितुङ्ग, बिष्णुमाया जिम्बा, फुलमाया तामाङ्ग, मनमाया तामाङ्ग, बिन्दुमाया दोङ्ग, राजकुमारी तामाङ्ग, भक्तबहादुर मगर, बल बहादुर खत्री, गम्भिर बहादुर राउत, सुनमाया थिङ्ग अनशन बसेका हुन् ।
   त्यस अघि औतारटोल टोल सुधार समितिका अध्यक्ष सिताराम दंगालको नेतृत्वमा हरि घिमिरे, गोविन्द दाहाल, हिरा प्रसाद पराजुली, सुरेश घिमिरे, गणेश घिमिरे, दिनेश त्रिपाठी, बिमल सुवेदी, खेमराज बराल, रन्जित सापकोटा अनशन बसेका थिए ।
अनशनको दोस्रो दिन (दिवा) सिफ्टमा टांगिया सरोकार समितिका डोर बहादुर बुढाथोकीको नेतृत्वमा सुमन थोकर, राजु तामाङ्ग, सरोज थिङ्ग, ज्ञान बहादुर थिङ्ग, नबराज सन्जेल, निल कुमारी आले मगर, रमिला आले मगर, रेबती प्रसाद मैनाली, बल बहादुर राना मगर, चन्द्र बहादुर आर्चाय, बद्धि बहादुर वाईवा अनशन बसेका थिए ।
पहिलो दिन (उद्घाटन) मा फास्ट ट्रयाक, एयरपोर्ट निर्माण मुल संघर्ष समितिका संयोजक रविराज दंगालको नेतृत्वमा सहसंयोजक मिना लामा, राजनीति तथा जनपरिचालन समन्वय समितिका सुरेश कुमार खनाल, काठमाण्डौं समन्वय समितिका विनोद घिमिरे, मिडिया कोडिनेटर महेश्वर अधिकारी र बारा उद्योग वाणिज्य संघ निजगढका उपाध्यक्ष प्रमोद सिग्देलको नेतृत्वमा ब्यवसायि एवं आर्थिक उपसमितिका खड्ग राज मैनाली, जनक कुमार श्रेष्ठ, अरुण सरार्फ, रमेश कार्की अनशन बसेका थिए ।

Post a Comment

 
Top