0
निजगढसमाचार, निजगढ, २५ माघ ।

फास्ट ट्रयाक, एयरपोर्ट निर्माणमा सरकारद्वारा भइरहेको ढिलासुस्ती हटाई दु्रतगतिमा निमार्ण गर्न दवाब दिनको  लागि निजगढ स्थित फास्ट ट्रयाक प्रवेशद्धारा आज चौथो दिनको रात्री सिफ्टमा मकवानपुर सरस्वतीका स्थानीयले अनशन सुरु गरेका छन् ।
साँझ ७ बजे देखि बिहान ७ बजेसम्मको लागि फास्ट ट्रयाक मार्ग पैदल यात्री मकवानपुर धिँयाल गाबिसका होम बहादुर घिमिरेको नेतृत्वमा विकास ढकाल, ज्वाला प्रकाश लामा, अशोक लामा बल, रुद्र बहादुर लामिछाने, बिर बहादुर बिक, जनक बहादुर तिवारी, रामप्रसाद पौडेल, प्रेम बहादुर सिकारी, रेमबहादुर संजेल, नारायण प्रसाद पराजुली र नानिबाबु कार्की अनशन बसेका छन् ।
यस अघि दिवा सिफ्टमा अन्तरपार्टी महिला सन्जाल निजगढकी सचिव तथा फास्टट्रयाक मार्ग पैदल यात्री कल्पना खरेलको नेतृत्वमा उर्मिला कुमारी ढृंगाना, कल्याणि खरेल, बिनिता खनाल, भवानि तुङसिङ, पुस्पा धिताल, जानदेवि धिताल, मनिता श्रेष्ठ, ईश्वरीदेवि अर्याल, चन्द्र कुमारी घिमिरे र गिता अधिकारीको टोलि आज बिहान ७ बजे देखि अनसनमा बसेको थियो ।
फास्ट ट्रयाक एयरपोर्ट निर्माणमा सरकारद्वारा भइरहेको ढिलासुस्ती हटाई दु्रतगतिमा फास्ट ट्रयाक, एयरपोर्टको निर्माण कार्य सम्पन्न गराउन एक सय दिनसम्मका लागि १० जनाको दरले दबाबमूलक रिले अनशन जारी राख्ने आयोजक फास्ट ट्रयाक, एयरपोर्ट निर्माण मूल सङ्र्घष समितिका संयोजक रविराज दंगालले जानकारी दिए ।

Post a Comment

 
Top