0
निजगढसमाचार, निजगढ, १ फाल्गुन ।
आज फाल्गुन १ गते अर्थात,माओवादीले शसस्त्र युद्ध शुरु गरेको दिन । आज नेकपा (माओवादी केन्द्र) निजगढ नगर कमिटीले भरतगञ्ज सिगौंलमा २२ औं जनयुद्ध दिवस धुमधामका साथ मनाउदै छ ।
२१ वर्षअघि आजकै दिन अर्थात २०५२ फागुन १ गते तत्कालिन नेकपा माओवादीले रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमाथि आक्रमण गरि सशस्त्र युद्धको थालनी गरेको थियो । माओवादीले जनवादी राज्य सत्ता स्थापना गर्ने घोषणा सहित थालेको जनयुद्धका क्रममा करीव १६ हजार नेपालीको ज्यान गएको थियो । माओवादीले फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउदै आएको छ । २०५२ साल फागुन १ गते आजकै दिन माओवादीले हतियार उठाएर जनताको मुक्तिका लागि भन्दै शसस्त्र युद्ध शुरु गरेको थियो ।

Post a Comment

 
Top