0

निजगढसमाचार, सिमरा, २६ माघ ।

बाराको सिमरा कलेजमा सन्ध्याकालीन कक्षा समेत संचालन हुने भएको छ । कलेजमा पहिलो पटक स्नातक तहको पढाई सन्ध्याकालीन हुन लागेको हो । यस अघि बाणिज्य संकायसंगै बिहानी समयमा पठनपाठन हुंदै आएको थियो । 
   कलेजको वांणिज्य संकाय बिहानी समयमै संचालन गरिए पनि शिक्षा शास्त्र संकाय सन्ध्याकालीन समयमा सुरु गरिएको हो । 
बिद्यार्थीहरुको चाहना र आवस्यकतालाई ध्यानमा राखी पठनपाठन सन्ध्याकालीन समय साँझ ४ बजेदेखी संचालन गरिएको सिमरा कलेजका कलेज सभा प्रमुख मदन बहादुर क्षेत्रीले बताए । उनका अनुसार शिक्षा शास्त्र संकालमा अध्ययनरत प्रायः बिद्यार्थी बिवाहित र महिला भएकाले उनीहरुको घरको कामलाई समेत मध्यनजर गरि साँझबाट पठनपाठन सुरु गरिएको हो । 
बि.स. २०६० सालमा स्थापना भएको कलेजले सोही समय देखी बाणिज्य संकायको पठनपाठन सुरु गरेको थियो । बिदयार्थीको अधिक आवश्यकता र मागलाई ध्यानमा राखी २०६४ सालदेखी शिक्षा शास्त्र संकायको सम्बन्धन लिन सफल भएपछि कलेजले सोही समयदेखी चार ऐच्छिक बिषय सहित शिक्षा संकाय संचालन गरेको थियो ।

Post a Comment

 
Top