0
निजगढसमाचार, सिमरा, २५ माघ ।

बागदेव दुग्ध उत्पादक कृषि सहकारी संस्था लिमिटेड निजगढ–६ बागदेबको आयोजनामा आजदेखि थुनेलो रोग विरुद्धको सप्ताहव्यापी सचेतना अभियान शुरु भएको छ । अभियानको शुभारम्भमा आज संस्थाको मुख्य कार्यालयमा पशुसेवा इकाई निजगढका प्राविधिक युगल किशोर सिंहले सहभागी कृषकहरुलाई थुनेलो रोगबाट पशुहरुलाई कसरी जोगाउन सकिन्छ भन्ने कुराको जानकारी दिएका थिए ।
पशुहरुमा थुनेलो रोग वृद्दि हुदै गईरहेको र यसले गर्दा कृषकहरु पशुपालनबाट नै विस्थापित हुन थालेपछि संस्थाले यस रोगबाट पशुलाई कसरी बचाउन सकिन्छ भन्ने कुराको चेतना दिने उद्देश्यले यो अभियान शुरु गरिएको संस्थाका अध्यक्ष थानेश्वर सापकोटाले जानकारी दिए । फागुन २ गते सम्म चल्ने यस अभियान संस्थाका विभिन्न ५ वटा शाखा कार्यालयहरुमा हुनेछ ।

Post a Comment

 
Top