0

निजगढसमाचार, निजगढ, ०८ पौष ।


बारामा प्रस्तावित निजगढ–काठमाण्डौं दु्रत मार्ग र दोस्रो अन्र्तराष्ट्रिय विमान स्थल निर्माणका लागि दबाब दिने उद्देश्यले माघ २२ गते देखि एक सय दिने रिले अनशन आयोजना गर्ने भएको छ ।
फास्ट ट्रयाक एयरपोर्ट निर्माण संघर्ष समितिले घोषणा गरेको ६ महिने आन्दोलनका कार्यक्रम अन्र्तगत हुन लागेको रिले अनशनको तयारी सुरु भएको छ ।
संघर्ष समितिको आज निजगढ नगरपालिका सभा हलमा सम्पन्न चौथो पूर्ण बैठकले अनशन तयारीका लागि विभिन्न उपसमिति गठन गरेको छ । संघर्ष समितिका संयोजक रबिराज दंगालको अध्यक्षतामा बसेको बैठकले एक हजार जना अनशनकारीको नामावली संकलन उपसमिति, मञ्च ब्यवस्थापन समिति, आर्थिक उपसमिति, रेडियो मध्यतराई ९४.४ मेगाहजर्Þको संयोजकत्वमा प्रचार प्रसार उप समिति, अन्तर पार्टी महिला संजाल र निजगढ नगरपालिकाका महिला समन्वय समितिको संयोजकत्वमा महिला समन्वय उपसमिति, स्वास्थ्य उप समिति गठन गरेको छ ।
   बैठकले आन्दोलनका कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय राजनीतिक दलहरुसंग समन्वय गरेर समन्वय समिति गठन गर्ने, बारा उधोग वाणिज्य संघ निजगढ शाखाको संयोजकत्वमा दुई नं. प्रदेशका विभिन्न ब्यवसायिक संघ संस्थासंग छलफल गरेर समन्वय समिति समेत गठन गर्ने निर्णय भएको छ ।
बैठकमा रेडियो मध्य तराई ९४.४ मेगाहर्जक प्रबन्धक निर्देशक उमेश सुनार, नेपाल अपाङ्ग सेवा संघ बाराका कार्यबाहक अध्यक्ष धनप्रसाद बजगाई, नेपाल रेडक्रश सोसाईटी निजगढ उपशाखाका बद्रि चिमोरिया, अन्तर पार्टी महिला संजालकी सचिव कल्पना खरेल, महिला नेतृ मिना लामा, पदयात्री ईराज कोईराला, कृष्णसिंह ठकुरी लगायतले बोलेको कार्यक्रमको सहजिकरण संघर्ष समितिका मिडिया कोडिनेटर महेश्वर अधिकारीले गरेका थिए ।
    कार्यक्रममा बारा उद्योग वाणिज्य संघ निजगढ शाखकाका उपाध्यक्ष प्रमोद सिग्देल, युथ अफ निजगढका  अध्यक्ष राजन श्रेष्ठ, महासचिव सागर थोकर, निवर्तमान अध्यक्ष खड्गराज मैनाली, कोल्बी नगर विकास समितिका अध्यक्ष श्रवण मैनाली लगायतको विशेष उपस्थिति रहेको थियो ।

Post a Comment

 
Top