0


निजगढसमाचार, निजगढ, ३ पुष ।
निजगढ हुँदै काठमाण्डौं पुग्ने दु्रत मार्ग र टाँगीयाबस्तीमा प्रस्तावित दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल छिटो बनाउन दबाब दिने उद्देश्यले थालिएको आन्दोलनको ‘जस’ कसले दिने भन्नेमा निजगढमा भोली पुरानै शैलीको कार्यक्रम हुँदैछ । 
स्थानीय युवा रबिराज दंगाल नेतृत्वको फास्ट ट्रयाक, एयरपोर्ट निर्माण संघर्ष समितिले घोषणा गरेको ६ महिने कार्यक्रम अन्र्तगत गरिन लागेको रिले अनशनको १८ दिन अघि भोली एक बहादुर श्रेष्ठ नेतृत्वको ‘सार्वजनिक सरोकार समिति निजगढ’ को आयोजनामा ‘विशाल’ ¥याली र सांसदसंग अन्र्तकृया हुन लागेको हो ।
यस अघि निजगढको सार्वजनिक सरोकारको विषयमा आन्दोलन गर्दै आएको निजगढ सार्वजनिक सरोकार समितिको नामबाट निजगढ हटाएर ‘सार्वजनिक सरोकार समिति’ मार्फत अघिल्लो समितिकै अध्यक्ष श्रेष्ठको नेतृत्वमा कार्यक्रम हुन लागेको हो । 
बारा क्षेत्र नं. ६ का सांसद पुरुषोत्तम पौडेलको संलग्नतामा हुन लागेको कार्यक्रममा संसदको विकास समितिका संयोजक एमालेका सांसद रबिन्द्र अधिकारीको प्रमुख आतिथ्यता रहने बताईएको छ । कार्यक्रममा बारा, पर्सा र रौतहट जिल्लाबाट संसदमा प्रतिनिधित्व गर्ने सबै सांसद आउने प्रचार गरिएपनि निजगढसमाचारको सम्पर्क गरेका अधिकांश सांसदले विवादित कार्यक्रममा नआउने प्रतिकृया दिएका छन् । स्रोतका अनुसार कांग्रेस, माओवादी केन्द्र, राप्रपा र मधेसवादी दलका अधिकांश सांसद उपस्थित हुनेछैनन् । 

Post a Comment

 
Top