0

प्रमाण नष्ट गर्ने प्रयास

निजगढसमाचार, निजगढ, २९ पौष ।
निजगढ नगरपालिका कार्यालयनको निर्माणाधिन भवनमा प्रयोग भईरहेको ‘कमसल’ निर्माण सामाग्री रातारात गायब पारिएको छ । माटो मिसिएको ग्राभेल आज साँझ त्यहाँबाट गायब पारिएको छ । कसले सामाग्री लगेको हो भन्ने बारे खुल्न सकेको छैन । ट्रेक्टरमा लोड गरेर ग्राभेल लगिएको देखेपछि स्थानीयले खबर गरेपछि त्यहाँ पुगेका स्थानीयले टायरको लिक र ग्राभेल लोड गरिएको खालि जमिन निरीक्षण गरेका छन् ।
कमसल निर्माण सामाग्री हटाईएको भन्ने खबर पाएपछि भवन निर्माण स्थल पुगेका नगरपालिकाका सबओभरसियर नबिन खनालले निर्माण सामाग्री लगेको पुष्टि गरे । ‘कसले ग्राभेल लग्यो भन्ने हामीलाई थाहाँ छैन,’ खनालले भने–यसमा नगरपालिकाले कुनै निर्देशन दिएको छैन ।
कमसल निर्माण सामाग्री हटाएर प्रमाण नष्ट गर्ने प्रयास भईरहेको स्थानीय कुमार लामाले बताए ।
निजगढ नगरपालिकाले कमसल निर्माण सामाग्री प्रयोग गरेको भेटिएपछि निर्माण कार्य रोकेको छ । निर्माण कार्य रोकिएपछि आज साँझ निर्माण स्थलमा ठेकेदारका कोहि पनि प्रतिनिधि देखिएनन् ।

Post a Comment

 
Top