0

निजगढसमाचार, निजगढ, २९ पौष ।

राष्ट्रिय सहकारी बैंकका केन्द्रिय अध्यक्ष रमेश पोखरेलले सहकारीमार्फत जनताको आर्थिक स्थिति सुधार गर्न सम्भव रहेको बताउनु भएको छ । आज निजगढमा हिमचुली साना किसान कृषि सहकारी संस्था लि. निजगढको छैठौं वार्षिक साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष पोखरेलले मुलुकभर ८ लाख जनता आवद्ध रहेको भन्दै सहकारीले ५ अर्व भन्दा बढी आर्थिक कारोबार गरिरहेको जानकारी दिनुभयो ।
निजगढ–९ ठाडोलाईन स्थित गौरीशंकर क्याम्पसमा भएको साधारण सभामा बारा जिल्ला दुग्ध उत्पादक सहकारी संघका थानेश्वर सापकोटा, लोकप्रिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अम्बिका प्रसाद चौलागाई, सगरमाथा बचत तथा ऋण सहकारी संघका सचिव बोधप्रसाद चौलागाई, गौरीशंकर उच्च माध्यमिक विद्यालय प्रअ सुदर्शन प्रसाद कोईराला, सुनाखरी कृषि सहकारी संस्थाका शान्त बहादुर दाहाल लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा असल सेयर सदस्य गणेश राजभण्डारी, असल बचतकर्ता कान्तालाल गुरो, गिता राई, असल ऋणी साङ्गडोमा तामाङ्ग, उत्कृष्ण समुहतर्फ ८९ नम्बरकी सरस्वती थिङ्ग, १६ नम्बर समुहका शरण बहादुर सुनार, असल कर्मचारी गोमा ओझा, पूर्व ब्यवस्थापक प्रशान्त श्रेष्ठ, असल ब्यवसायि टेक बहादुर अस्तानी मगर लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा आर्थिक वर्ष २०७२/०७३ को आर्थिक प्रतिवेदन संस्थाका ब्यवस्थापक यम्बर बहादुर खत्रीले र लेखा समितिको प्रतिवेदन लेखा संयोजक साधुरा खरेलले र अध्यक्षको प्रतिवेदन संस्थाका अध्यक्ष एकबहादुर श्रेष्ठले पेश गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदन साधारण सभाले संसोधन सहित पारित गरेको थियो । सस्ंथाले ९ सय ६४ जना सदस्य विच कारोबार गरेर ४५ लाख ३ हजार ३ सय ९२ आम्दानी गरेको छ । संस्थाका अध्यक्ष एक बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा साना किसान कृषि सहकारी संस्था निजगढ उपशाखाका अध्यक्ष सिता खड्का, गौरीशंकर क्याम्पसका प्रमुख रामप्रसाद गौतम, राष्ट्रिय सहकारी बैंक सिमराका प्रमुख गोविन्द ओझा, अ‍ैचोपैचो बचत तथा ऋण सहकारी संंस्थाका सचिव दुर्गा गौतम, अतवार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अजय लामा, जयश्री कृषि सहकारी संस्था अध्यक्ष मुकुन्द लामिछाने लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा स्वागत संस्थाकी उपाध्यक्ष दुर्गा कोईराला र संचालन संस्थाका सचिव हरि बर्तौलाले गर्नुभएको थियो । 

Post a Comment

 
Top