0
निजगढसमाचार, निजगढ, २५ पुष ।

निजगढ नगरपालिका कार्यालयनको निर्माणाधिन भवनमा ‘कमसल’ निर्माण सामाग्री प्रयोग भएको घटना प्रति निजगढका राजनीतिक दलहरुले विज्ञप्ती निकालेर ध्यानकर्षण भएको जनाएका छन् । 
नेपाली कांग्रेस निजगढ नगर इकाईका सभापति महेशी कुमर, नेकपा एमाले निजगढ नगर कमिटी अध्यक्ष दिलबहादुर लामा, नेकपा माओवादी केन्द्र निजगढका संयोजक बेनी बहादुर मोक्तान, राप्रपा पार्टी निजगढ कार्यसमितिका संयोजक खड्गप्रसाद उप्रेती, नेकपा माले निजगढ अध्यक्ष शंकर चिमरिया, राष्ट्रिय मधेस समाजवादी पार्टी निजगढका अध्यक्ष मोजहर मन्सुरले संयुक्त विज्ञप्ती निकालेर घटनाको विरोध जनाएका हुन् ।
दलहरुले निकालेको विज्ञप्तीमा भनिएको छ–निजगढ नगरपालिकाको विभिन्न विकास निर्माण र संरचनाको विकासमा आम जनताको श्रम र सम्पति लगानी भएको हुन्छ । तर विकासमा ध्यान दिनुपर्ने निकायले गैरजिम्मेवारीपूर्ण ढंगले हाल निर्माणाधिन निजगढ नगरपालिका भवनमा मापदण्ड विपरित सामाग्री प्रयोग गरि कमजोर भवन निर्माण गरेको प्रत्यक्ष देखिएको छ ।
दलहरुले यस्तो गलत कार्य विरुद्ध निजगढ नगरवासीहरुमा संघर्षमा उत्रिन अपील गर्दछौं । साथै भवन निर्माणको जिम्मा र अनुगमन गर्ने नगरपालिकाका अधिकृतले लिनु पर्ने भन्दै दोषीलाई कारवार्हीको दायरामा ल्याउनका निम्ति दबाब मुलक कार्यमा सहभागि हुन अपील गर्दै गलत कार्यको भण्डाफोर गर्न आह्वान गर्दछौं, विज्ञप्तीमा भनिएको छ । 
दलहरुले घटनाको जिल्ला विकास समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, स्थानीय विकास मन्त्रालयमा पत्रतार गर्ने निर्णय गरेको छन् । भवन निर्माणमा कमसल ईट्टा, फुटाएको गिट्टीको प्रयोग गर्नुपर्नेमा ग्राभेल प्रयोग गरेको र आवश्यकता भन्दा ठुलो आकारको गिट्टी र माटो मिसिएको बालुवा प्रयोग गरेको घटना सार्वजनिक भएपछि आज सयौंको संख्यामा स्थानीयवासी निर्माणस्थल पुगेर निरीक्षण गरेको र उनीहरुबाट अनियमितताको विषयमा हस्ताक्षर समेत संकलन गरिएको रविराज दंगालले जानकारी दिनुभयो ।
भवनको प्रतिष्ठा कन्टूक्सनले निर्माणको जिम्मा पाएको छ । निर्माण कम्पनीले प्राविधिक नै नराखि कमिसनको भरमा कमसल निर्माण सामाग्री प्रयोग गरिरहेको स्थानीय कुमार आर्चायले बताउनुभयो 

Post a Comment

 
Top