0
निजगढसमाचार, निजगढ, २८ पौष ।

नेकपा माओवादी केन्द्र निजगढ वडा नम्बर १० को प्रथम एकता अधिवेशन सम्पन्न भएको छ । आज लालमा भएको माओवादी नेता–कार्यकर्ताको एकता भेलाले उद्धब रायमाझी ईन्चार्ज रहने गरि सर्वसम्मत कुमार मोक्तानको अध्यक्षतामा ३१ सदस्यि वडा कमिटि गठन भएको हो ।
   नव गठित कमिटिको उपाध्यक्षमा दुर्गा बहादुर बोम्जन, होमबहादुर मोक्तान, औतार सिंह घलान,  कोषाध्यक्षमा रेशम माया जिम्बा, सचिवमा मनोज स्याङ्गतान, सहसचिवमा बसन्त लामा सर्वसम्मत निर्वाचित भएको निर्वाचन मण्डलका सालिकराम ढुगांनालले जानकारी दिनुभयो । त्यस्तै कमिटिको सदस्यमा श्याम बोम्जन, प्रताब सिङ्गतान, मकर सिङ्गतान, श्रीमाया मोक्तान, ज्ञानबहादुर लोप्चन, बुद्ध बहादुर थिङ्ग, भक्त बहादुर थिङ्ग छन् । त्यसैगरि डिकबहादुर थिङ्ग, विमला जिम्बा, सिंह बहादुर घलान, कृष्ण बहादुर बोम्जन, मोतिलाल थिङ्ग, सुरेन्द्र सिंह घिसिङ्ग, रुप बहादुर पाख्रिन, मन बहादुर घलान लगायत सदस्य छन् ।
भेलाले अखिल नेपाल महिला संघ (क्रान्तिकारी) १० नं. वडा कमिटी गठन गरेको छ । राममाया लोप्चनको  संयोजकत्वमा गठित संघको सदस्यमा तिर्थमाया योञ्जन, सुन्तली माया योञ्जन, लखुमाया थिङ्ग, डिल माया मोक्तान, तिर्थमाया घिसिङ्ग, श्यामकुमारी स्याङ्गतान, मंगली माया मोक्तान, कान्छीमाया घिसिङ्ग, ठुलीमाया थिङ्ग, सिता डिङ्गडोङ्ग, लक्ष्मि थिङ्ग, चिनिमाया बल लगायत छन् । त्यस्तै भेलाले वाईसीएल १० नं. वडा कमिटी समेत गठन गरेको छ । प्रविन बोम्जन संयोजक रहने गरि लाल मान डिङ्गडोङ्ग, संक्त लोप्चन, सुनिल लामा, दिपेन्द्र कुमार वाईवा, बादल बोम्जन, प्रकाश न्यौपाने, बसन्त घिसिङ्ग, सोमबहादुर मोक्तान लगायत सदस्य छन् ।
यस अघि भेलाको नेकपा माओवादी केन्दका पोलिटब्यूरो सदस्य एवं पूर्व सभासद् जयराम दाहालले दिप बालेर उद्घाटन गरेका थिए । उद्घाटन सत्रलाई नेकपा माओवादी केन्दका पोलिटब्यूरो सदस्य राजन पौडेल, राखेपका पूर्व सदस्य सचिव युवराज लामा, नेकपा माओवादी केन्दका केन्द्रिय सदस्य अरुणा विक, केन्द्रिय सल्लाहकार सदस्य शिद्धिलाल लामा, नेकपा माओवादी केन्द निजगढ नगर स्तरिय तदर्थ समितिका संयोजक बेनीबहादुर मोक्तान, एकल महिला नेतृ जीरीमाया बल लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा अनेमसंघ निजगढकी संयोजक धनमाया लामा लगायतको सहभागिता रहेको कार्यक्रममा लालबहादुर बोम्जनको अध्यक्षता, मनोज स्याङ्गतानको स्वागत र संचालन कुमार मोक्तानको रहेको थियो ।

Post a Comment

 
Top