0
निजगढसमाचार, निजगढ, २८ पौष ।

निजगढ–६ सडकटोल स्थित श्री गौरी शंकर उच्च माध्यमिक बिद्यालयले नयाँ ब्यवस्थापन समिति पाएको छ । अभिभावकको भेलाले आज नयाँ शिक्षा नियमावली अनुसार बिद्यालय ब्यबस्थापन समिती चयन गरेको छ । भेलाले तिर्थ प्रसाद गौतमको अध्यक्षतामा सर्वसम्मत रुपमा अध्यक्ष समिति चयन गरेको हो । समितिको सदस्यमा घनश्याम तिमल्सिना, सम्झना थापा, कृष्ण तिमल्सिना, शुशिला फुयाँल र जानुका घिमिरे लगायत छन् ।

Post a Comment

 
Top