0

निजगढसमाचार, निजगढ, २४ पौष ।

निजगढ नगरपालिका कार्यालयको निर्माणाधिन भवनमा ‘कमसल’ निर्माण सामाग्री प्रयोग भईरहेको भन्दै स्थानीयवासीहरुले बिरोध जनाएका छन् ।
भवन निर्माणमा कमसल ईट्टा, फुटाएको गिट्टीको प्रयोग गर्नुपर्नेमा गोल गिट्टी प्रयोग गरेको र आवश्यकता भन्दा ठुलो आकारको गिट्टी र माटो मिसिएको बालुवा प्रयोग गरेको भन्दै स्थानीयले निर्माण रोकेका छन् ।
भवनको प्रतिष्ठा कन्ट्रक्सनले निर्माणको जिम्मा पाएको छ । निर्माण कम्पनीले प्राविधिक नै नराखि कमिसनको भरमा कमसल निर्माण सामाग्री प्रयोग गरिरहेको स्थानीय कुमार आर्चायले बताए । 
स्थानीयले काम रोकेपछि नगपालिकाका ओभरसेयर नविन खनाल, निजगढ नगर बिकास समितिका अध्यक्ष सुरेश खनाल, नेकपा माओवादी केन्द्र निजगढका संयोजक बेनीबहादुर मोक्तान लगायत विभिन्न राजनीतिक दलका नेता तथा पत्रकारहरु पुगेका थिए ।

Post a Comment

 
Top