0


निजगढसमाचार, निजगढ, २९ पौष ।
निजगढ नगरपालिका कार्यालयनको निर्माणाधिन भवनमा ‘कमसल’ निर्माण सामाग्री प्रयोग भएको घटना प्रति नेकपा एमाले नगर कमिटी निजगढले गम्भिर ध्यानकर्षण भएको जनाएका छन् । 
एमालले नगरपालिका भवन निर्माणका क्रममा हाल देखिएको लापरवार्ही तथा गैरजिम्मेवारपूर्ण कार्यमा संलग्न सम्बन्धित सरोकारवाला जिम्मेवार ब्यक्तिलाई आवश्यक कारवार्हीको माग गरेको छ ।
पार्टीको तेस्रो विस्तारित बैठक पछि विज्ञप्ती निकालेर भवन निर्माणमा भएको लापरवार्ही प्रति घोर भत्सना तथा आपत्ति प्रकट गरेको जनाएको छ । विज्ञप्तीमा भनिएको छ –निर्माण सामाग्री तथा समग्र निर्माण कार्यको गुणस्तरियता कायम हुनुपर्ने कुरामा दुईमत छैन । उक्त निर्माणाधिन भवनमा गुणस्तर र दिगोपनाका सम्बन्धमा हाम्रो सधैं चासो, चिन्ता र प्रतिवद्धता जाहेर गर्दछौं ।
नगर कमिटी अध्यक्ष दिल बहादुर लामाद्धारा जारी विज्ञप्तीमा हाल भईरहेको गुणस्तरहिन निर्माण कार्यलाई तत्काल रोकी सम्बन्धित ठेकेदार कम्पनी सहितको रोहवरमा सर्वदलिय ÷सर्वपक्षिय छलफल गरि आगामी दिनमा यस्तो कार्य नदोहोरिने प्रतिवद्धता पछि मात्र उक्त भवन निर्माण कार्यलाई अगाडी बढाउन सम्बन्धित सरोकारवाला निकायसंग माग गरिएको छ ।
यस अघि एमालले संयुक्त राजनीतिक दलको तर्फबाट पनि विज्ञप्तीमा निकालेको थियो ।

Post a Comment

 
Top