0
निजगढसमाचार, सिमरा, २४ पुस ।
डुमरवाना बहुमुखी क्याम्पस डुमरवानाको सञ्चालक समितिको आठौं पूर्ण वैठक आज क्याम्पस सभाकक्षमा सम्पन्न भएको छ । अध्यक्ष डा. कृष्ण पौडेलको अध्यक्षतामा सम्पन्न वैठकले क्याम्पसको दोस्रो तलाको भवन निर्माण कार्यलाई तीव्रता दिने र सोका लागि विश्वविद्यालय अनुदान आयोगको अनुदान र स्थानीय स्रोत परिचालन गर्ने निर्णय गरेको छ । 
वैठकले विश्वविद्यालय अनुदान आयोगले दोस्रो उच्च शिक्षा परियोजना अन्तरगत भौतिक पूर्वाधार र शैक्षिक व्यवस्थापनका लागि क्याम्पसलाई छनोट गरेकोमा आभार प्रकट गर्दै क्याम्पसलाई नमूना सामुदायिक क्याम्पसको रुपमा अघि बढाउने उच्च प्रतिवद्धता व्यक्त गरेको छ ।
आगामी माघ २४ गतेदेखि फागुन १ गतेसम्म विभिन्न कार्यक्रमहरुसहित नवौं स्थापना दिवस विशेष सप्ताह आयोजना गर्ने निर्णय गरेको छ । सोका लागि सञ्चालक समिति अध्यक्ष डा. पौडेलको अध्यक्षतामा २०१ सदस्यीय नवौं वार्षिकोत्सव विशेष सप्ताह मूल तयारी समिति गठन गरेको छ । स्मारिका प्रकाशनका लागि क्याम्पसका उपप्रमुख किशोर शर्माको संयोजकत्वमा पांच सदस्यीय प्रकाशन समितिसमेत वैठकले गठन गरेको छ । 
क्याम्पसको स्थानीय स्रोत परिचालनको क्रममा महायज्ञको दान संकलनलाई तीव्रता दिने र सोका लागि जिम्मेवारीसमेत तोकिएको क्याम्पस प्रमुख राधेश्याम शिवाकोटीले बताउनुभयो । 
वैठकमा क्याम्पसका संस्थापक अध्यक्ष पलट चौधरी, जिल्ला प्रशासन कार्यालयका उपसचिव रमेश दत्त, गढीमाई नगरपालिकाका प्रमुख डिल्लिराम बेलवासे, त्रिभुवन विश्वविद्यालयका प्रतिनिधि डा. विश्वम्वर शर्मा, जिल्ला विकास समिति बाराका योजना अधिकृत बद्रि थापालगायतको उपस्थिति रहेको थियो । 
२०६३ मा स्थापना भएको क्याम्पसमा व्यवस्थापन, मानविकी तथा शिक्षा संकायमा स्नातक तहमा अध्ययन अध्यापन भई रहेको क्याम्पसमा करीव साढे तीन करोडको लागतमा बनिरहेको अध्यक्ष डा. कृष्ण पौडेलले बताउनुभयो । 

Post a Comment

 
Top