0
निजगढसमाचार, निजगढ, २७ पुष ।

निजगढ–८ स्थित बकैया नागमणी सामुदायिक वन समुहमा आजदेखि चारकोल निर्माण कार्य सुरु भएको छ । समुहले कुशल ब्यवसाय तथा तालिम केन्द्र निजगढको प्राविधिक सहयोगमा जंगलमा खेर गईरहेको झारपात, झाँडीलाई मिसिनबाट पोलेर चारकोल बनाउन सुरु गरिएको हो ।
चारकोल पोल्न आज एक कार्यक्रमका विच सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष रामजीप्रसाद बजगाईले सलाई कोरेर उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा तामागढी सेक्टर वन कार्यालयका प्रमुख देवेन्द्र महत्तो, कुशल ब्यवसाय तथा तालिम केन्द्रका दिपेन्द्र राय, ईलाका वन कार्यालय लालका विरेन्द्र यादब, बकैया सामुदायिक वन समुहमा पुरुषोत्तम धिताल, गौरीशकंर उच्च माविका प्रअ शुर्दशन प्रसाद कोईराला, निजगढ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष यम बहादुर खड्का, बकैया टोल सुधार समितिका अध्यक्ष नरेश कुमार घिमिरेको उपस्थिति रहेको थियो ।
समुहका उपाध्यक्ष रामप्रसाद ओझाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत समुहका कोषाध्यक्ष हरि प्रसाद न्यौपानेको र संचालन सचिव दुर्गा कोईरालाले गर्नुभएको थियो ।

Post a Comment

 
Top