0
निजगढसमाचार, निजगढ, २७ पुष ।

फास्ट ट्रयाक एयरपोर्ट निर्माण संघर्ष समिति र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ विच भेटघाट भएको छ । काठमाडौँ–तराई मधेस द्रुतमार्ग सडक आयोजना निर्माण सरकारीस्तरमा अगाडि बढाउन गठित कार्यदलका संयोजक डा. श्रेष्ठसंग संघर्ष समितिका संयोजक रबिराज दंगाल नेतृत्वको टोलीले आज काठमाण्डौंमा भेटघाट गरेको हो ।
टोलीमा फास्ट ट्रयाक एयरपोर्ट निर्माण समन्वय समिति काठमाण्डौंका संयोजक ऋषी बडाल, आर्थिक संयोजक पशुपशुति बहादुर तामाङ्ग, सन्त श्रेष्ठ, मनोज भारती, फणिन्द्र पाण्डे, श्रवण मैनाली, विनोद घिमिरे, विमल गर्तौला, सरोज चौलागाई लगायत सहभागि थिए । संघर्ष समितिले निर्माण कार्य छिटो अघि बढाउने विषयमा सहयोगी भुमीका खेल्ने जानकारी गराएको संघर्ष समितिका संयोजक दंगालले जानकारी दिनुभयो ।
डा. श्रेष्ठ संयोजकत्वमा बनेको समितिले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन अध्ययन सुरु गरिसकेको छ । समितिले केहि दिन अघि स्थलगत निरीक्षण गरेको थियो । कार्यदलले अध्ययनपछि सरकारले आफँैले आयोजना निर्माण गर्दा कुन ढाँचामा लगानी जुटाउने र सरकारी खरिद कस्तो हुने भन्ने सन्दर्भमा अध्ययन गरेर सुझाव पेस गर्नेछ ।

Post a Comment

 
Top