0

निजगढसमाचार, निजगढ


बाराको निजगढ स्थित बकैया–नागमणी सामुदायिक वन समूहले सामुदायिक वनमा रात्री गस्तिमा कडाई गरेको छ ।
काठ चोर तस्कर समूहले सालको हरियो ठाडो रुख काटेपछि वन कार्यालय, सुरक्षा निकायको सहयोगमा रात्री गस्ति नियमित गरिएको हो ।
ईलाका प्रहरी कार्यालय, शसस्त्र प्रहरी, ट्राफिक, सेक्टर वन र ईलाका वन कार्यालयको सहयोगमा वन समुहले रात्री गस्ति थालेका हुन् ।
काठ चोरले आधुनिक काट काट्ने मेसिन प्रयोग गरेर रुख ढालेपछि रात्री गस्ति नियमित गरिएको वन समुहका अध्यक्ष रबिराज दंगालले जानकारी दिए ।
‘पहिले आकश्मिक गस्ति हुने गरेको थियो,’ अध्यक्ष दंगालले भने–तस्करी गर्ने गिरोह सक्रिय भएको पाईएपछि रात्री गस्ति नियमित गरिएको छ ।
वन क्षेत्र संरक्षण गर्न वन समूहले वरीपरि टे«न्च अर्थात् खाडल खनेको भए पनि हालै फास्ट ट्रयाक मर्मत गर्ने क्रममा दुई वटै नाकाका ट्रेन्च पुरिएकाले काठ चोरी तस्करी भएको समुहका उपाध्यक्ष रामप्रसाद ओझाले बताए ।
उपभोक्ताहरुलाई पनि वन संरक्षणका निम्ती सक्रिय बनाउँने  समुहका अध्यक्ष दंगालले बताए ।
जिल्ला वन कार्यालय बाराका प्रमुख एवंम् डि.एफ.ओ भैरव प्रसाद घिमिरे तस्करी गरिरहेको अवस्थामा भेटिएर गोली हान्न निर्देशन दिएका छन् । वन समुहको अनुगमन गर्न आईपुगेका प्रमुख घिमिरेले हरियो रुख काट्नेलाई गोली हान्न वन रक्षकलाई निर्देशन दिएका हुन् ।
वन संरक्षणको जिम्मा लिने वन समूहले वन संरक्षण गर्नु क्रियाशिल हुनु पर्ने बताउँदै वन सुरक्षाका लागि थप मद्दत जिल्ला वन कार्यालय बारा र मातहतका निकायले दिने समेत बताए ।

Post a Comment

 
Top