0
निजगढसमाचार, निजगढ, १६ फागुन ।
२१४४ औं (झ्या ल्हो) चरा वर्ष ग्याल्बो ल्होसार (नयाँ वर्ष) निजगढमा पनि मनाईएको छ । निजगढ–८ बजार टोलस्थित ॐ नमो लोकेश्वर म्हपणिपा गुम्बामा भेला भएका नेपालका आदिवासी शेर्पा समुदायले एक अर्कालाई शुभकामना आदन प्रदान गरेर ल्होसार मनाएका हुन् ।
भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नया“ वर्ष सुरु हुन्छ । यसअनुसार आइतबार बादर वर्ष पूरा भई सोमबारदेखि चरा वर्ष लाग्ने बताईएको छ ।
शेर्पा संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बा“दर, चरा, कुकुर र सु“गुर गरी १२ वर्ष हुन्छ, बालक जुन वर्षमा जन्मेको हुन्छ त्यसकै आधारमा उसको जीवनका धार्मिक क्रियाकलाप सञ्चालन गरिदै आएको छ । यस अवसरमा सोमबार सरकारले सार्वजनिक बिदा दिएको छ ।

Post a Comment

 
Top