Latest News

0

निजगढसमाचार, निजगढ, १७ फागुन ।

दोस्रो अन्र्तराष्ट्रिय विमानस्थलको  निर्माण क्षेत्रमा ससंदको अन्र्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले निजगढमा आयोजित कार्यक्रममा बारा क्षेत्र नं. ६ का सासंद पुरुषोत्तम पौडेलले पत्रकार महेश्वर अधिकारीलाई दुब्र्यवहार गरेको घटना प्रति बाराका सञ्चार सम्बद्ध संस्थाहरुले विज्ञप्ती निकाले विरोध जनाएका छन् ।
पौडेलको बारेमा आजको निजगढसमाचार साप्ताहिकमा समाचार प्रकाशित भएको विषयलाई लिएर आक्रोश ब्यक्त गर्दै कार्यक्रमको उद्घोषण गरिरहेका पत्रकार अधिकारीलाई रोकेको घटना प्रति पत्रकार महासंघ बाराले आज एक प्रेस विज्ञप्ती जारी गर्दै घटना प्रति ध्यानकर्षण भएको जनाएको छ । महासंघका सचिव जयनारायण यादबद्धारा जारी विज्ञप्तीमा पूर्व मन्त्री जस्तो ब्यक्तिले आफ्नो मर्यादा विर्सेर स्वतन्त्र प्रेस अभिब्यक्तिको विरुद्धमा बोलेको भन्दै धम्कि दिएको घटना प्रति दुःख ब्यक्त गरिएको छ । विज्ञप्ती मार्फत महासंघले भोली पत्रकार अधिकारी माथि कुनै सांघातिक आक्रमण भए त्यसको जवाफदेहि सांसद पौडेल नै हुने चेतावनी दिएको छ । 
   त्यस्तै प्रेस युनियन बाराले पनि विज्ञप्ती प्रकाशन गरेर घटना प्रति दुःख ब्यक्त गरेको छ । युनियन बाराका अध्यक्ष गणेशराज रिजालद्धारा जारी विज्ञप्तीमा सामाचारको विषयलाई लिएर पत्रकार धम्काउने गतिविधि भएमा सांसद पौडेल विरुद्धमा युनियन कडा आन्दोलनमा उत्रिने बाध्य हुने उल्लेख गरेका छन् ।
दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल आयोजनाको आग्रहमा निजगढ समाचारका कार्यकारी सम्पादक अधिकारीले कार्यक्रमको उद्घोषण गरेका थिए । पत्रकार अधिकारी फास्ट ट्रयाक एयरपोर्ट निर्माण मुल संघर्ष समितिका मिडिया कोडिनेटर समेत हुन् ।

Post a Comment

 
Top