निजगढसमाचार, निजगढ, १७ फागुन ।
दोस्रो अन्र्तराष्ट्रिय विमानस्थलको निर्माण क्षेत्रमा ससंदको अन्र्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको निजगढमा आयोजित अन्र्तकृया कार्यक्रममा विथोलिएको छ ।
दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल आयोजनाले गरेको कार्यक्रममा बारा क्षेत्र नं. ६ का सासंद पुरुषोत्तम पौडेलले राजनीतिक घोचपेच गरेर भाषण गरेपछि असन्तुष्ट बनेका फास्ट ट्रयाक पैदल यात्रीले विरोध जनाएपछि एमाले कार्यकर्ता प्रतिकारमा उत्रिएपछि कार्यक्रम विथोलिएको हो ।
समितिका सभापति प्रभु साहले विषय बस्तुमा धारणा राख्न पटक–पटक आग्रह गर्दा समेत पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले अटेर गर्दै देखाईदिन्छु भन्दै भाषण जारी राखेपछि असन्तुष्ट सहभागिले विरोध जनाएका थिए ।
आफ्नो नेताले भाषण गर्दा विरोध जनाएको भन्दै एमाले कार्यकर्ता सहभागिहरुसंग जाई लोपछि स्थिति तनाबग्रस्त बनेको थियो । कार्यक्रममा तनाब भएपछि समितिका सदस्य समेत रहेका पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल कार्यक्रम छाडेर हिँडेका थिए । तनाब बढ्दै गएपछि कार्यक्रमका सभापति सासंद साहले कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।
अनुगमन

टोलीले बस्तीको ब्यवस्थापनको विषयमा चासो ब्यक्त गरेको थियो । टोलीलाई आयोजना निर्देशक हरि अधिकारीले आयोजनाको प्रगति र समस्याको बारेमा जानकारी गराएका थिए । बाराका प्रमुख जिल्ला अधिकारी, प्रमुख उपरीक्षक लगायतले लगायत सहभागि थिए ।
Post a Comment
Post a Comment