0


निजगढसमाचार, निजगढ, १८ फागुन ।
दोस्रो अन्र्तराष्ट्रिय विमानस्थलको निर्माण क्षेत्रमा ससंदको अन्र्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको निजगढमा आयोजित अन्र्तकृया कार्यक्रममा बारा क्षेत्र नं. ६ का सासंद पुरुषोत्तम पौडेलले दिएको अभिब्यक्तिको बिरोध गर्दै निजगढका दलहरुले आज विज्ञप्ती प्रकाशन गरेका छन् ।
दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल आयोजनाले गरेको कार्यक्रममा आफ्नो विषयबस्तु राख्ने क्रममा सासंद पौडेलले कार्यक्रम बिथोल्न ब्यक्तिगत रुपमा मिडिया, विभिन्न राजनीतिक दल विशेष र विभिन्न सरोकार समिति माथि विकाश विरोधीको रुपमा चित्रित गरेको भन्दै विज्ञप्ती मार्फत यसको विरोध गरिएको छ ।
नेपाली कांग्रेस निजगढ नगर सभापति महेशी कुमर, नेकपा (माओवादी केन्द्र) निजगढ नगर संयोजक बेनीबहादुर मोक्तान, नेकपा माले निजगढ नगर अध्यक्ष शंकर चिमरिया र राष्ट्रिय मधेस समाजवादी पार्टी निजगढ नगर अध्यक्ष मोजहर मन्सुरद्धारा संयुक्त हस्ताक्षरमा प्रकाशित विज्ञप्तीमा भनिएको छ– सांसद पौडेलको गलत रबैयाप्रति घोर भत्सना गर्र्दै आगामी दिनमा यस्तो कार्य हाम्रो क्षेत्रमा नगर्न समेत गराउदछौं ।
विज्ञप्तीमा भनिएको छ–सासंद पौडेलले यस क्षेत्रको विकासको सबै गतिविधि ने.क.पा. एमालेले मात्र संचालन गर्दै आएको भन्दै अराजनीतिक र अपशब्द प्रयोग गरि कार्यक्रमलाई मर्यादित, अनुशासित र सम्भ बनाउनुको साटो विषयबस्तुबाट विषायान्तर गरि जनतासंग जोडिएका विकाश प्रति उहाँ जस्तो सम्मानिय ब्यक्तित्वले गलत प्रचार प्रसार गर्ने गरि हाम्रो क्षेत्रमा उपस्थित भएका समितिका माननीयहरुको अपमान गर्ने कार्य गर्नु भएको छ ।
  यसैविच राप्रपा निजगढ नगर कार्यसमितिले पनि छुट्टै प्रेस विज्ञप्ती जारी गर्दै सांसद पौडेललाई संकेत गर्दै जिम्मेवार ब्यक्तिले आक्रोशित मुद्रामा प्रस्तुत भई कार्यक्रम विथोलिएको आरोप लगाएको छ । नगर अध्यक्ष खड्ग प्रसाद उप्रेतीद्धारा जारी बिज्ञप्ती मार्फत आफ्नो पार्टीलाई आतिथ्यता ग्रहण नगराएको भन्दै आयोजकसंग खेद प्रकट गरेको छ ।
   सासंद पुरुषोत्तम पौडेलले राजनीतिक घोचपेच गरेर भाषण गरेपछि असन्तुष्ट बनेका फास्ट ट्रयाक पैदल यात्रीले विरोध जनाएपछि एमाले कार्यकर्ता प्रतिकारमा उत्रिएपछि हिजो कार्यक्रम विथोलिएको थियो । समितिका सभापति प्रभु साहले विषय बस्तुमा धारणा राख्न पटक–पटक आग्रह गर्दा समेत पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले अटेर गर्दै तहलाउछांै भन्दै भाषण जारी राखेपछि असन्तुष्ट सहभागिले विरोध जनाएका थिए ।
आफ्नो नेताले भाषण गर्दा विरोध जनाएको भन्दै एमाले कार्यकर्ता सहभागिहरुसंग जाई लोपछि स्थिति तनाबग्रस्त बनेको थियो । कार्यक्रममा तनाब भएपछि समितिका सदस्य समेत रहेका पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल कार्यक्रम छाडेर हिँडेका थिए । तनाब बढ्दै गएपछि कार्यक्रमका सभापति सासंद साहले कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।

Post a Comment

 
Top