0

निजगढसमाचार, निजगढ, १६ फागुन ।

निजगढ–८ बजारस्थित बरपिपल चोकमा शिद्धार्थ गौतम बुद्धको मूर्ती राखिने भएको छ । ज्ञानमाला भजन खलः स्वयम्भू र गुम्बा टोल सुधार समिति निजगढ–८ ले संयुक्त रुपमा मूर्ती स्थापना गर्न लागेको हो ।
   करिब पाँच लाख लागतमा निर्माण सुरु भएको प्रतिमा निर्माणका लागि भिक्षु घल्लानन्दले विशेष सहयोगी भूमिका खेलेका टोल सुधार समितिका अध्यक्ष शिद्धिलाल लामाले बताए ।
     ज्ञानमाला भजन खलः स्वयम्भूले मूर्ती सहयोग गरेको छ । ज्ञानमाला भजन खलः स्वयम्भूका सचिव पूर्ण ज्याप्पुका अनुसार मूर्ती साढे तीन मिटर अग्लो रहेको छ भने त्यसका लागि आशन निर्माणको काम भईरहेको छ ।
यस अघि आईतबार राखेपका पूर्व सदस्य सचिव युवराज लामाले शिलन्यास गरेका थिए । कार्यक्रममा निजगढ नगर विकास समितिका पूर्व अध्यक्ष सुरेश कुमार खनाल, माओवादी नेता बेनी बहादुर मोक्तान लगायतको विशेष उपस्थिति रहेको थियो ।

Post a Comment

 
Top