0
निजगढसमाचार, निजगढ, २८ फागुन ।
पत्रकार महेश्वर अधिकारीद्वारा रचित निजगढ गोल्डकप फुटबल प्रतियोगिताको शिर्ष गित सार्वजनिक गरिएको छ । पत्रकार अधिकारी पत्रकार महासंघ बाराका सहसचिव समेत हुन् । निजगढसमाचार साप्ताहिकका कार्यकारी सम्पादक हुन् ।
प्रतियोगिता संयोजक परदेशी कुमरले प्रतियोगिता स्थलमा मोवाईलबाट क्लिक गरेर गित सार्वजनिक गरेका हुन् । 
गितमा गायक नवराज राउत, संगीत बिकास चौधरी र संयोजन उमेश सुनार र पवन सिंहको रहेकोछ । गित मार्फत  निजगढको एतिहासिक सन्दर्भदेखि फुटवलको ईतिहास र स्मार्ट सिटी निजगढको संकल्पलाई छोटकरीमा जोड्ने प्रयास गरेको रचनाकार अधिकारीले बताउनु भएकोछ । 
गित निजगढ गोल्डकपका लागी यो पहिलो आधिकारिक गित हो । निजगढ युवा क्लबका सदस्य एवं निजगढ–४ का वडा अध्यक्ष जयराम कुमरले निजगढ गोल्डकपको प्रवद्र्धन र निजगढको पहिचान उजागर गर्न गित महत्वपूर्ण हुने बताए ।

Post a Comment

 
Top