0
निजगढसमाचार, निजगढ, ११ फागुन ।
युथ अफ निजगढको आयोजनामा निजगढमा शनिबार हुने प्रि होलि कन्सर्टको चौथो संस्करणको तयारी पुरा भएको छ। निजगढ–८ स्थित गौरीशंकर माध्यमिक विद्यालयको प्राङ्गगढमा हुने कन्सर्टमा चर्चित पप गायक सुगम पोख्रेल, गायिका मेलिना राई, गायक तथा मोडल दुर्गेश थापा, हास्य कलाकारद्वय कक्रोज र बलेको प्रस्तुति दिनेछन्।
कन्सर्टमा निजगढ कला केन्द्र र स्थानीय कलाकारहरुले आफ्नो कला देखाउने छन्। होलीको पुर्व सन्ध्या पारेर युथ अफ निजगढले प्रत्येक वर्ष कन्सर्टको आयोजना गर्दै आईरहेको छ।
बारा जिल्लाका बिभिन्न स्थान सहित छिमेकी जिल्ला मकवानपुर, रौतहट, सर्लाही, महोत्तरी जिल्लाका ५ हजार देखि ७ हजार सम्म दर्शकले मनोरञ्जन लिने अनुमान गरिएको युथ अफ निजगढका अध्यक्ष उत्सव श्रेष्ठले जानकारी दिए।
कन्सर्टबाट संकलित रकमबाट निजगढ–१० लालमा रहेको परोपकारी संस्था ‘हाम्रो मामाघर’लाई सहयोग गर्ने क्लबले जनाएको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत विगतका वर्ष झैं यस वर्ष पनि गरिव तथा अनाथ बालबालिकाहरुलाई निःशुल्क शिक्षा प्रदान गर्दै आईरहेको संस्थालाई सहयोग गर्ने अध्यक्ष श्रेष्ठले बताए।
   कार्यक्रमको मिडिया पार्टनर रेडियो मध्यतराई ९४.४ मेगाहर्ज, रेडियो निजगढ १०७.२, निजगढसमाचार साप्ताहिक, निजगढ डटकम, रौतहट अनलाईन टिभी, बि क्रियशन रहेको छ ।


Post a Comment

 
Top