निजगढसमाचार, निजगढ, २९ माघ ।
राष्ट्रिय जनता पार्टीले सभामुखमा सरोजकुमार यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रदेश नम्बर २ मा फागुन २ गते सभामुख चयनका लागी निर्वाचन हुदैछ ।
सोमबार बसेको राजपाको बैठकले बारा क्षेत्र नम्बर १ को ख बाट निर्वाचित प्रदेशसभा सदस्य यादबलाई प्रदेश नम्बर २ को सभामुखको बनाउने निर्णय गरेको हो ।
यादब पहिलो संविधान सभाका पूर्व सदस्य समेत हुन् ।
त्यस्तै राष्ट्रिय जनता पार्टीले जितेन्द्र सोनललाई प्रदेश नम्बर २ को संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । सोमबार बसेको राजपाको बैठकले बारा क्षेत्र नम्बर ४ को ख बाट निर्वाचित प्रदेशसभा सदस्य सोनललाई प्रदेश नम्बर २ को संसदिय दलको नेता बनाउने निर्णय गरेको हो ।
Post a Comment
Post a Comment