0
निजगढसमाचार, निजगढ, ३ फागुन ।
उज्यालो नेपालका अभियन्ता एवं नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले उज्यालो नेपाल अभियान देश समृद्धिको योजना भएको बताए ।
बाराको निजगढ– १० लालमा नागरिक अबिनन्दन पछि आयोजित ल्होछार विशेष कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक घिसिङ्गले विद्युतमा आत्मनिर्भर बनाउन दिर्घकालिन योजना बनाईरहेको बताए ।
उपभोक्ताले चाहे जति विद्युत खपत गर्न पाउने स्थिति बनाउन एक–दुई वर्ष लाग्ने जानकारी दिए । ‘अबको योजना विद्युत खपत गर्न जोड दिईने छ,’ कार्यकारी निर्देशक घिसिङ्गले भने ।
लामो समयदेखि घाटाले जर्जर बनेको नेपाल विद्युत प्राधिकरणलाई ९ महिनामा नै फाईदामा पु¥याएको स्मरण गराए । 
कार्यक्रमलाई सम्बोधन गर्दै निजगढ नगर उपप्रमुख लिलादेवी लामिछाने खनालले सकारात्मकसोचले समाज समृद्ध बनाउन सकिने बताउनुभयो ।
घिशिंगले राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्नुहुदै पानसमा दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गर्नुभेकोहो ।  भारत महेश्वरका धर्म गुरु खेन रिन्पोछे घ्याल्छेन लगायतले सम्बोधन गर्नुभएको थियो । राखेपका पूर्व सदस्य सचिव एवं बरिष्ठ चलचित्रकर्मी युवराज लामा, वडा अध्यक्ष पदम बहादुर मोक्तान, ज्ञान बहादुर गोले, प्रेम रुम्बा, टेक बहादुर लामा, कुशबहादुर थापा, रामजी प्रसाद बजागाई लगायतको आतिथ्यता रहेको थियो । 
कलाकार तथा समाजसेवी बिकु थोकर, राष्ट्रीय ख्याती प्राप्त गायक विशाल काल्तान, गायिका शसिकला मोक्तान लगायात थुप्रै राष्ट्रीय तथा स्थानिय कलाकारहरुले प्रस्तुती दिईरहेका छन् । कार्यक्रम संयोजक अमिर मोक्तानको अध्यक्षतमा भएको कार्यक्रमको सहजिकरण कुमार मोक्तानले गर्नुभएको थियो ।


Post a Comment

 
Top