0
निजगढसमाचार, निजगढ, २ फागुन  ।
रुस्लान थ्री स्टार क्लब बाराको सिमरामा जारी रुस्लान नवौं सिमरा गोल्डकपमा फाईनल प्रवेश गरेको छ । सिमरा रङ्गशालामा भएको खेलमा रुस्लान थ्रिस्टार क्लब ललितपुर मोरङ फुटबल क्लब बिराटनगर विरुद्ध ४–२ गोल अन्र्तरले विजयी भएको हो । फाईलन प्रवेशका लागि भएको प्रतिस्पर्धात्मक खेलमा थ्रिस्टार क्लबले सुरु देखि नै अग्रता कायम गरेको थियो ।
थ्री स्टारले खेलको पहिलो हापको २३ औं मिनेटमा विष्णु गुरुङगले खेलको पहिलो गोल गरेका थिए । खेलको ३५ र ४९ औं मिनेटमा शुनिल बलले दुई गोल गर्दै अग्रता बढाएका थिए । थ्री स्टारका लागि खेलको ७७ औं मिनेटमा अनन्त तामाङ्गले थप एक गोल गरे ।
 खेलको अन्तिम १० मिनेटमा मोरङ्गले दुई गोल गरे पनि अग्रतालाई तोड्न सकेन् । खेलको ८० र ८३ औं मिनेटमा कर्ण लिम्बुले दुई गोल गरेका थिए । दोस्रो गोल लिम्बुले हेड मार्फत गरेका हुन् ।
खेलको म्यान अफ द म्याच थ्री स्टारका शनिल  बल घोषित भएका छन् । प्रतियोगिताको दोस्रो सेमिफाईनल अन्र्तगत भोली बीरगञ्ज युनाईटेड र नेपाली आर्मी क्बल विच खेल हुने प्रेस संयोजक सुनिल गाउँले जानकारी दिए ।



Post a Comment

 
Top