0
निजगढसमाचार, निजगढ, ३ फागुन  ।
बाराको सिमरामा जारी रुस्लान नवौं सिमरा गोल्डकप फुटबलको फाईनल प्रवेशका लागि विहीबार त्रिभूवन आर्मी क्लब र वीरगञ्ज यूनाईटेड क्लब विच खेल हुनेछ । नव जनजागृती युवा क्लबको आयोजनामा सिमरा रंगशालामा दिउँसो ३ बजे हुने अन्तिम सेमी फाईनल खेल हुन लागेको हो ।
आर्मी क्लब शसस्त्र प्रहरीको एपीएफ क्लबलाई पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको हो भने बीरगञ्ज सिएमजी संकटा काठमाण्डौंलाई पाखा लगाउँदै आर्मीसंगको भेट सुनिश्चि गरेको हो ।
प्रतियोगितामा यस अघि बुधबार भएको खेलमा मोरङ फुटबल क्लब विराटनगरमाथी ४–२ को जित निकाल्दै रुस्लान थ्रिस्टार क्लब फाईनल प्रवेश गरिसकेको छ ।

Post a Comment

 
Top