0
निजगढसमाचार, निजगढ, ३ फागुन ।
त्रिभूवन आर्मी क्लब बाराको सिमरामा जारी रुस्लान नवौं सिमरा गोल्डकपको फाईनल प्रवेश गरेको छ । 
विहिबार भएको दोश्रो सेमी फाइनलमा वीरगञ्ज यूनाईटेड क्लबलाई ३–० गोल अन्तरले स्तव्ध पार्दै त्रिभूवन आर्मीले उपाधि भिडन्तमा थ्रिस्टार क्लबसंगको भेट पक्का गरेको हो । 
आर्मीको जीतमा दिनेश हेम्जन र दिप लामाले समान एक गोल गरे भने वीरगञ्ज यूनाईटेड क्लबका  विष्णु सुनुवारले आत्मघाती गोल गर्दा आर्मीले ३–० को जित दर्ता गरायो । 
साविक विजेता संकटा क्लबलाई हराउँदै सेमीफाइनलमा प्रवेश गरेको वीरगञ्ज यूनाईटेड विभागिय टिम आर्मी सामु निरिह बन्यो । करिब ८ हजार घरेलु दर्शक माझ आर्मी विरुद्ध उत्रिएको वीरगञ्ज यूनाईटेडलाई त्रिभूवन आर्मीले पुरै समय दवावमा राख्यो । 
पहिलो हाफमा १–० को अग्रता दिलाउने क्रममा आर्मीका दिनेश हेम्जनले गोलको खाता खोले । खेलको ३८ औं मिनटमा भरत खवासको पासमा दिनेशले आर्मीलाई अग्रता दिलाए । 
खेलको ६० औं मिनटमा वीरगञ्ज यूनाईटेडका विष्णु सुनुवारले आत्मघाती गोल गर्दा आर्मीले २–० को अग्रता हात पा¥यो । आर्मीका भरत खवासको क्रसबल पेनाल्टी एरियामा नियन्त्रणमा लिने प्रयास गरेका सुनुवारको प्रयासले गोलपोष्टको दिशा लिंदा वीरगञ्ज यूनाईटेड थप दवावमा प¥यो । 
वीरगञ्ज विरुद्ध हावी भएको आर्मीले ६७ औं मिनटमा अर्को गोल थप्यो । आर्मीका दिप लामाले गोल गर्दै टिमलाई ३–० को फराकिलो अग्रता दिलाए । टंक बस्नेतको पासमा उत्कृष्ट गोल गर्दै दिप लामाले सिमरा गोल्डकपमा त्रिभूवन आर्मीको फाइनल यात्रा तेश्रो पटक सुनीश्चित गरे । 
त्रिभूवन आर्मी प्रतियोगिताको छैठौं संस्करणको विजेता हो, भने आठौं संस्करणको उपविजेता समेत हो । 
त्रिभूवन आर्मीले शनिवार सिमरा रङ्गशालामा उपाधिका लागि थ्रिस्टार क्लबसंग प्रतिस्पर्धा गर्नेछ । 
खेलको म्यान अफ दि म्याच त्रिभूवन आर्मीका दिनेश हेम्जन घोषित भए । उनले ५ हजार नगद सहित म्यान अफ दि म्याचको ट्रफि हात पारे ।
शुक्रबार सञ्चारकर्मीको मैत्रीपुर्ण खेल  
नवौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको अवसर पारेर शुक्रबार बारा र मकवानपुरका सञ्चारकर्मी विच मैत्रीपूर्ण फुटवल प्रतियोगिता आयोजना हुँदैछ । 
सिमरा रङ्गशालामा शुक्रबार विहान ८ः३० बजे खेल शुरु हुने मैत्रीपुर्ण फुटबल प्रतियोगिता आयोजना समितिका संयोजक सुनील गाउँलेले जानकारी दिए । 
प्रतियोगिताका लागि बाराले प्रेस चौतारीका जिल्ला अध्यक्ष दिवाकर भण्डारीको नेतृत्वमा टिम तयार पारेको छ भने मकवानपुरले अग्रज पत्रकार प्रताप विष्टको नेतृत्वमा टिम तयार पारेको छ । 

Post a Comment

 
Top