0
निजगढसमाचार, निजगढ, १६ कार्तिक
बारामा बाम गठबन्धले उम्मेदवार टुङ्गाएको छ । नेकपा एमाल र माओवादीले बारामा उम्मेदवार टुङ्गो लगाएको हो । गठबन्धनको सहमित अनुसार एमालेको भागमा तीन वटा प्रतिनिधि सभा र ४ वटा प्रदेश सभा परेको छ । एमालेले आफ्नो भागमा परेको तीन वटा प्रतिनिधि सभा र तीन वटा प्रदेश सभाको उम्मेदवार टुङ्गो लगाएको नेकपा एमाले बाराका प्रचार विभाग प्रमुख मनोज पौडेलले जानकारी दिनुभयो । 
एमालले प्रतिनिधि सभा अन्र्तगत बारा–१ मा अचुत मैनालीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बारा–३ मा अध्यानन्द पाण्डे, बारा–४ देवनारायण चौधरीलाई उम्मेदवार बनाउने निर्णय भएको प्रचार विभाग प्रमुख पौडेलले जानकारी दिनुभयो । त्यस्तै प्रदेश सभा अन्र्तगत बारा–१ ‘क’ मा त्रिलोकी चौधरी, बारा–३ को ‘ख’ मा महमद् समुउल्लाह र बारा–४ ‘क’ एमाले बाराका अध्यक्ष सुन्दर विश्वकर्मालाई उम्मेदवार बनाएको हो । बारा–२ को ख मा भने उम्मेदवार टुङ्गाउन बाँकी छ । पार्टीले प्रत्येक्षमा प्रस्ताव गरेका छठ्ठु प्रसाद यादब अन्तिम समयमा आएर समानुपातिक सुचिमा राखिएपछि कसलाई उम्मेदवार बनाउने भन्ने आज टुङ्गाईने प्रचार विभाग प्रमुख पौडेलले जानकारी दिनुभयो ।
यसैविच नेकपा एमालेबाट बाराको दुई वटा निर्वाचन क्षेत्रबाट सिफारिसमा पर्नुभएका पूर्व मन्त्री एवं निर्वमान सासंद पुरुषोत्तम पौडेल यस पटकको टिकट पाउनु भएन् । 
२०४३ सालदेखि लगातार हरेक निर्वाचनमा उम्मेदवार बन्दै आउनु भएका एमालेका प्रभावशाली नेता पौडेलले तीन पटक सांसद बनिसक्नु भएको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्रले बारामा उम्मेदवार टुङ्गो लगाएको छ । नेकपा एमालेसंग चुनाबी तालमेल गरेको माओवादीले आफ्नो भागमा परेको एउटा प्रतिनिधि सभा र चार वटा प्रदेश सभाको उम्मेदवार टुङ्गो लगाएको नेकपा माओवादी केन्द्रकी पोलिट ब्यूरो सदस्य ज्वाला साहले जानकारी दिनुभयो । माओवादीले प्रतिनिधि सभा अन्र्तगत बारा–२ मा पूर्व सभासद् शिवचन्द्र कुश्वाहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै प्रदेश सभा अन्र्तगत बारा–१ ‘ख’ मा ईस्लाम मियाँ, बारा–२ ‘क’ मा गणेश साह, बारा–३ को ‘क’ मा पूर्व सभासद् ज्वाला साह र बारा–४ ‘ख’ विद्यार्थी नेता उमेश कुशवाहलाई उम्मेदवार बनाएको हो । 

Post a Comment

 
Top