0
निजगढसमाचार, १७ मंसिर
कलैयाः बारा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले देशमा बढेको बेरोजगारीको अन्त्य गर्न बाम गठबन्धनले जित्नु पर्ने बताउनुभयो । बाराको बारागढी गाउपालिकामा शनिबार आयोजित घरदैलो कार्यक्रममा मतदातासंग कुरा गर्दैैै नेता मैनालीले यस्तो बताउनु भएको हो । उहा“ले बिदेशी भुमिमा श्रम गरेर पसिना बगाएका ४० लाख युवाहरुलाई स्वदेश फिर्तागरी उद्यमशिल बनाउने दायित्व बाम गठबन्धनको भएको बनाउ“दै त्यसका लागि बाम गठबन्धको दुई तिहाई जित आवश्यक भएको औंल्याउनु भयो ।
बारागढी गा“उपालिका अन्र्तगत दौरवा, खोपुवा, श्रीपुर्वा, मुड्की, नैकाटोलमा घरदैलो गरेका मैनालीले देश ब्यापि समस्याको रुपमा रहेको गरिबी, अशिक्षा, बेरोजगार साथै भ्रष्टचारको अन्त्य गर्दै समृद्ध नेपाल निर्माणका लागि हरेक जनताको आधारभुत आवश्यक्ता पुरा गर्ने मैनालीले प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
घरदैलोमा प्रदेश सभा सदस्य त्रिलोकी चौधरी लगाएत सैयौ नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

Post a Comment

 
Top