0

निजगढसमाचार, निजगढ, १८ मंसिर 
बाम गठबन्धनले बारामा शक्ति प्रदर्शन गरेको छ । संयुक्त बाम गठबन्धन संयोजन समितिको आयोजनामा निजगढमा शक्ति प्रदर्शन गरिएको हो । पूर्वपश्चिम राजमार्गमा २ किलोमिटर ¥याली प्रदर्शन गरेको हो । निजगढ ७ भमराबाट सुरु भएको ¥याली बकैया पुलसम्म पुगेको थियो । हजारौंको संख्यामा सहभागि एमाले र माओवादीका कार्यकर्ताले हातमा सुर्य र हँसिया हथौडा अंकित झण्डा बोकेका थिए । राजमार्ग ढाकिने गरि पैदल, साईकल र मोटरसाईकलमा बसेर आएका सहभागि भएका छन् । ¥याली बकैया पुगेर निजगढ–८ बजारमा कोण सभामा परिणत भएको थियो । हुनेछ । सभालाई बाम गठबन्धनको साझा उम्मेदवार अच्चुत मैनाली, त्रिलोकी चौधरी लगायत नेताहरु क्षेत्र बहादुर श्रेष्ठ, पुरुषोत्तम पौडेल, रबिराज दंगाल लगायतले सम्बोधन गरेका थिए ।



Post a Comment

 
Top