0
निजगढसमाचार, निजगढ, ९ कार्तिक ।
निजगढ नगरपालिकास्थित बकैया खोला घाट यतिबेला बुहुली झै सिगारिएको छ । छठ पर्वको अवसरमा श्रद्धालुहरुले पुर्वश्चिम राजमार्गबाट खोला किनारासम्म करिव ३ सय मिटर झिलिमिली बत्ति, पण्डाल र प्रवेशद्धार निर्माण गरेका छन भने भक्तजनहरुको सुविधाको लागि खोला किनारामा बिजुली बत्ति र कपडाको पण्डाल समेत जडान गरिएको छ । 
मुख्य रुपमा आजबाट शुरु हुने छठ पर्व र ब्रतमा स्नान र पुजाको लागि आउने भक्तजनहरुको सुविधाको लागि निजगढ छठ पुजा समितिले घाट सजावट गरेको हो । समितिले निजगढमा करिव डेढ लाख रुपैयाको लागतमा घाट सजावट गरेको बताएको छ । अघिल्ला बर्षहरुमा राजमार्ग दक्षिणतर्फको किनारामा छठिया घाट बनाउदै आएको भए पनि यसपटक बकैया खोलाले धार परिर्वतन गरेपछि उत्तरतर्फ सारिएको छठ पुजा समितिका अध्यक्ष हृदयबाबु रौनियारले बताए । उनले श्रद्धालुहरुको सुविधाको लागि यसपटक घाट सजावटमा विशेष व्यवस्था गरिएको पनि बताउनु भयो । भक्तजनहरुले घरमा खराना पुजापछि तयार पारेको प्रसाद घाटमा लगेर अस्ताउदो र उदाउदो सुर्यलाई चढाउने गर्छन । छठ ब्रतालुहरुले घर लिपपोत गरेर हिजो ‘खरना’ पुजा गरेका थिए । आजबाट ब्रतालुले ३६ घण्टे निर्जल उपवास सुरु गर्ने गर्छन । ब्रतालुले मंगलबार बिहान स्नानपछि शुद्ध शाकाहारी भोजन ग्रहण गरी यो पर्व सुरु गर्ने गर्छन । लोक आस्थाको यो पर्वको तेस्रो दिन आज साँझ एवं चौथो दिन शुक्रबार बिहान झिलिमिली सिंगारिएको जलाशय किनारमा घरबाट लगेको सम्पूर्ण पवित्र सामग्रीसहित सूर्यदेवलाई अर्घ दिएपछि समापन गरिन्छ । अन्तिम दुई दिन नदी, पोखरी एवं नहर किनारमा उत्सवकै माहोल हुन्छ । अर्घ दिने, ब्रतालुको आशिर्वाद लिने एवं बिहानीको पुजापछि प्रसाद थाप्न आउनेको घाटमा ओइरो लाग्छ । यही कारणले पनि छठ पर्वमा घाट सजावटको विशेष महत्व रहेको बताइएको छ ।

Post a Comment

 
Top