0
निजगढसमाचार, निजगढ, २ कार्तिक ।
बाराको निजगढमा पुनः स्क्रब टाइफस रोगको संक्रमण देखिएको छ । निजगढ–८ बकैयाटोलका ३० वर्षिय दमोदर प्रसाद घिमिरेलाई स्क्रब टाइफस रोगको संक्रमण देखिएको हो । उनको मकवानपुर सहकारी अस्पतालमा उपचार भईरहेको छ । पाँच दिनसम्म लगायत ज्वरो आएको र स्थानीय मेडिकलमा रक्त परीक्षण गर्दा रोग पत्ता नलागेपछि घिमिरेलाई हेटौडा लगिएको थियो । 
मेडिकलमा परीक्षण गर्दा भाईरल ज्वरो भन्दै औषधि खाँदा निको नभएपछि मकवानपुर सहकारी अस्पतालमा रक्त परीक्षण गर्दा स्पब टाईफस भएको पुष्टि भएको हो । यस अघि सोही टोलकी सिम्रन दंगाललाई पनि स्कब टाईफस भई भरतपुरमा उपचार पछि घर फर्किएकी थिईन् । 
माइट नामको एक प्रकारको सुक्ष्म किरा (किर्ना)ले टोकेमा स्क्रब टाइफस रोग सर्ने चिकित्सकले बताएका छन् । यो रोग लागेमा अत्याधिक ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने र शरिर पनि दुख्ने हुन्छ । यो रोग मुसाको कानमा बस्ने गर्छ । मुसाबाट घाँसपातमा झर्ने र सोही घाँसपातमा जाँदा मानिसमा सरेर यसले टोक्ने चिकित्सकको भनाई छ ।

Post a Comment

 
Top