0
निजगढसमाचार, निजगढ, २ कार्तिक ।
पूर्वपश्चिम राजमार्गको पथलैया–निजगढ सडक खण्ड अन्र्तगत बाराको निजगढस्थित १६ किलो भन्ने ठाउँमा बुधबार राती नम्बर खुल्न नसकेको सवारी साधनको ठक्करबाट ४ वटा गाई–गोरु मर्नुका साथै दुई वटा गम्भिर घाईते भएका छन् ।
दुर्घटनामा मरेका गाई गोरु बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ टांगियाबस्ती माईतेसिंह थिङ्गको भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक कैलाश केशीले नगरपालिका रोहबरमा मृत गाई–गोरु खाल्डो खनेर गाडिएको बताए । ठक्कर दिने सवारीको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
थिङ्गले भने पीडित नआउँदै प्रहरीले पुर्न थालेको आरोप लगाएका छन् । गाईबस्तु घर नआएपछि खोज्दै जाने क्रममा प्रहरीले पुरी रहेको अवस्थमा भेटिएको पीडित थिङ्गको भनाई छ । सोधखोज नगरि पुरेको भन्दै रुष्ट बनेका पीडितले प्रहरी कार्यालयमा ठक्कर दिने सवारीको पहिचान गरि क्षतिपूर्ति दिन माग गर्दै निवेदन दर्ता गराएका छन् ।

Post a Comment

 
Top