0
निजगढसमाचार, निजगढ, २३ भदौं ।
निजगढ नगरपालिकामा कांग्रेस–माओवादी केन्द्रको गठबन्धन र नेकपा एमाले विच मुख्य प्रतिस्पर्धा हुने भएको छ । 
यी दल बिच चुनाबी तालमेल गरेर प्रमुखमा कांग्रेसका सुरेश कुमार खनाल र उपप्रमुखमा माओवादी केन्द्रका बेनी बहादुर मोक्तान चुनाबी मैदानमा उभिने भएपछि एमालेलाई गठबन्धन भारी पर्ने देखिएको छ ।
नगरपालिका एक्काएक्लै प्रतिस्पर्धा गर्दा एमाले सहज विजयी हुने आंकल गरिएको बेला  काग्रेस–माओवादी तालमेल भएको हो । 
यहाँ एमालले यमबहादुर खड्कालाई प्रमुख र लिला देवी लामिछाने उपप्रमुखको उम्मेदवार बनाएको छ ।
यद्यपी कांग्रेस र माओवादीले मनोनयन छुट्टा–छुट्टै दर्ता गराएका छन् । कांग्रेसले मेयरमा सुरेश कुमार खनाल र उपमेयरमा सिता मैनालीको मनोनयन दर्ता गराएको छ भने माओवादीले मेयरमा रुकु आर्चाय र उपमेयरमा बेनी बहादुर मोक्तानको उम्मेदवारी दर्ता छ ।
निर्वाचन प्रकृया अनुसार कांग्रेसले उपमेयर सिता मैनाली र माओवादीले मेयर रुकु आर्चायको नाम फिर्ता लिने सहमति यी दुई दल विच भएको छ ।

Post a Comment

 
Top