0
विद्रोही समुहद्धारा स्वतन्त्र उम्मेदवारी
निजगढसमाचार, निजगढ
नेकपा एमाले निजगढका एक सय ८९ जनाले नेता–कार्यताले हिजो संयुक्त राजिनामा दिएका छन् । पार्टीले गरेको निर्णय परिवर्तन गर्दै वडा अध्यक्षको टिकट परिवर्तन गरेपछि असन्तुष्ट निजगढ वडा नं। ६ का नेता–कार्यताले एमाले परित्यागको घोषणा गरेका हुन् ।
पार्टी वडा अध्यक्ष भिमबहादुर स्याड्डतानको नेतृत्वमा पूर्व पार्टी वडा अध्यक्ष शंकर शिवाकोटी, केशव प्रसाद अधिकारी, युवा संघ बाराका सचिव भिम प्रसाद सापकोटा, नगर पार्टी सदस्य आईतमान तामाड्ड, वडा पार्टी सदस्य ईन्द्र बहादुर स्याड्डतान, पूर्व जिल्ला सदस्य गणेश लामा, क्षेत्रिय कमिटी सदस्य तिर्थ गौतम, युव ा संघका पूर्व वड अध्यक्ष राजकुमार फुया“ल लगायत छन् ।
पहिला स्याड्डतालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय उल्ट्याउदै नव प्रवेशी कुश बहादुर थापालाई टिकट दिएको भन्दै उनीहरु असन्तुष्ट बनेका हुन् । निर्णय सच्याउन पार्टीलाई ज्ञापन पत्र बुझाउ“दा समेत निर्णय नसच्याईए पछि पार्टीको साधारण सदस्य समेत नरहने गरि परित्याग गरेका हुन् ।
यसैबिच एमाले परित्याग गरेका विद्रोही समुहद्धारा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । वडा अध्यक्षमा भिमबहादुर स्याड्डताले  अध्यक्षमा हिजो मनोनयन दर्ता गराउनु भएको हो । यसैविच नेकपा एमालेबाट असन्तुष्ट बनेका जीतपुरसिमरा २ का सकृय नेता उद्धब गौतमले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका २ मा वडा अध्यक्ष पदमा वहाँले स्वतन्त्र उममेदवारी दर्ता गराउनुभएको हो ।
पार्टीको टिकट वितरण प्रणाली प्रति असन्तुष्टि जनाउँदै आएका वहाँले निर्णय सच्याउन पार्टीलाई पटक–पटक आग्रह गर्नुभएको थियो ।
गौतम २०५४ सालको स्थानीय चुनाबमा निर्वा्चित वडा अध्यक्ष समेत हुन् । जीतपुरसिमरा उपमहानगरपालिकामा पहिलो उमेदवारी गौतमले दर्ता गराउनुभएको हो । वहाँले आफ्ना प्रतीनीधी टंकप्रसाद चौलागाई मार्फत उमेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गौतमले उम्मेदवारी दर्ता गराएसँगै एमाले बृत्तमा खैलाबैला मच्चिएको छ ।

Post a Comment

 
Top