0
निजगढसमाचार, निजगढ, २३ माघ ।
महिला बिकास केन्द्र निजगढको अध्यक्षमा कल्पना खरेल चयन हुनुभएको छ । आज सम्पन्न बिकास केन्द्रको साधारण सभाले खरेलको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नव गठीत कार्यसमितिको उपाध्यक्षमा धनमाया लामा, कोषाध्यक्षमा रमा शिवाकोटि, सचिवमा उर्मिला ढुगाना, सदस्यहरुमा वविता सापकोटा, लक्ष्मी श्रेष्ठ, शान्ति पहरी चयन हुनुभएको छ । त्यस्तै साधारण सभाले मिना लामा,  बिष्णु नेपाल, कष्ण प्रसाद खरेल र प्रमिला नेपाल सदस्य रहनेगरी ४ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ  ।
बिकास केन्द्रकी निवर्तमान अध्यक्ष गंगा शिवाकोेटिको सभापतित्वमा सम्पन्न साधारण सभामा नेपाल महिला संघ बाराकी जिल्ला सभापति सिता मैनाली, निजगढ नगर सभापति बिष्णु नेपाल, महिला समन्वयन समिति निजगढकि पुर्व अध्यक्ष प्रमिला नेपाल लगायत निजगढका अगुवा महिलाहरुको सहभागीता रहेको थियो ।
केन्द्रले निजगढ नगरक्षेत्र भित्र महिला माथि हुने घरेलु हिंसा, अपराध र महिला हक अधिकारको विषयमा काम गर्दै महिलाहरुलाई बिभिन्न किसिमका शिपमुलक तालिम दिनुका  साथै महिलाहरुको क्षमता अभिवृद्धि गर्ने कार्यमा क्रियाशील रहदै आएको छ ।

Post a Comment

 
Top