0
निजगढसमाचार, निजगढ, २८ माघ ।
बाराको निजगढमा स्थानिय तहमा निर्वाचित पदाधिकारीहरुको काम कर्तब्य र अधिकार एवम् सेवा सन्चालन सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रम आयोजना भएको छ । उद्योग वाणिज्य संघ निजगढको सभा हलमा सुरु भएको अभिमुखिकरण कार्यक्रमका नगर प्रमुख सुरेश कुमार खनालले  शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा निजगढ नगरपालिका सम्पुर्ण वडा अध्यक्ष सदस्य तथा कार्यपालिका सदस्यहरुको सहभागि छन् । कार्यक्रममा निजगढ नगरमा रहेका विभिन्न सरकारी कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन नगरपालिका प्रशासकिय अधिकृत भरत चन्द्र अधिकारिले गर्नु भएको थियो भने स्वागत मन्तब्य नगर उप प्रमुख लिला देबि लामिछाने खनालले गर्नु भएको थियो । कार्यक्रममा स्थानिय बिकास तथा सघिय ममिला मन्त्रालयका सहसचिब रुद्र सिंह तामाङ्ग, मन्त्रालयका उपसचिव अमृत लम्साल र विश्व मरासैनिले प्रशिक्षण दिई रहनुभएको छ ।  

Post a Comment

 
Top